- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्कटल्याण्ड आईसीसी टी–२० विश्वकप क्रिकेटको अर्को चरण नजिक पुगेको छ । लगातार दोस्रो जितसहित स्कटल्याण्ड दोस्रो चरण नजिक पुगेको हो ।
पहिलो खेलमा बंगलादेशमाथि जित निकालेको स्कटल्याण्डले दोस्रो खेलमा मंगलबार ओमान क्रिकेट एकेडेमीमा भएको खेलमा पपुवा न्यूगिनी (पीएनजी) लाई १७ रनले पराजित गर्दै लयलाई कायम राखेको हो ।
स्कटल्याण्डले दिएको १६६ रनको विजयी लक्ष्य पछ्याएको पीएनजी १९.३ ओभरमा अलआउट हुँदै १४८ रनमा समेटियो । नोर्मन भानुले सर्वाधिक ४७ रन बनाए । स्कटल्याण्डका जोस डाभेले ४ विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ९ विकेटको नोक्सानीमा १६५ रन बनाएको थियो । स्कटल्याण्डका रिची बेरिङटोनले ७० रन बनाए । म्याथ्यु क्रसले ४५ रन जोडे । पीएनजीका काबु मोरियाले ४ तथा चाड सोपेरले ३ विकेट लिए ।
अंक तालिका
पहिलो चरणको समूह बी मा रहेको स्कटल्याण्डले २ खेलमा ४ अंक जोडेको छ । स्कटल्याण्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
बंगलादेश र ओमानको समान २–२ अंक छ ।
पीएनजी लगातार दुई हारसहित पुछारमा छ । यो हारले पीएनजी प्रतियोगिताबाट बाहिरिएको छ ।
आठ टिमलाई २ समूहमा विभाजन गरी खेलाइएको छ । हरेक समूहका शीर्ष दुई टिम अर्को चरणमा पुग्नेछन् र मुख्य स्पर्धा शुरु हुनेछ ।