arrow

कोरोना नियन्त्रणका लागि रुसमा सात दिन बिदा

logo
एएनआई,
प्रकाशित २०७८ कार्तिक ३ बुधबार
corona-russia.jpg
फाइल तस्बिर

मस्को। रुसले कोरोना भाइरसको फैलावट नियन्त्रणका लागि भन्दै अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म भुक्तानी दिने तर काम गर्न कार्यालयमा जान नपर्ने व्यवस्था गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कोरोनाभाइरसको फैलावट रोक्न अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म देशभरि भुक्तानी दिने तर कर्मचारीहरूलाई काममा नआउने व्यवस्था गर्ने एक कानुनी पत्रमा बुधवार हस्ताक्षर गरेका हुन्।

पुटिनले सरकारलाई भने, “हामीले सामना गर्ने स्थितिलाई ध्यानमा राख्दै म निश्चित रूपमा अक्टोबर ३० देखि नोभेम्बर ७ सम्म कर्मचारीको ज्यालाको सुनिश्चितता गर्ने तर देशभर काम नहुने दिनहरू लागू गर्ने प्रस्तावको समर्थन गर्दछु।”

उनले आवश्यक परेको खण्डमा बिदाका दिनहरू विस्तार गर्न सकिने बताएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ