arrow

बङ्गलादेशमा हिन्दुमाथि भएको आक्रमणको विरोधमा काठमाडौँमा प्रदर्शन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ४ बिहिबार
bangaldesh protest nepal.PNG

काठमाडौँ । बंग्लादेशमा हिन्दु समुदायमाथि भइरहेको आक्रमणको विरोधमा काठमाडौँमा शान्तिपूर्ण विरोध प्रदर्शन भएको छ । इस्कन नेपालले बुधवार बसुन्धरा चोक स्थित बङ्गलादेशको दूतावास अगाडि शान्तिपूर्ण प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले भजन बजाउँदै शान्तिमय तरिकाले साम्प्रदायिक हिंसा तथा अल्पसङ्ख्यक माथिको आक्रमण रोक्न आग्रह गरेका हुन् । विरोध कार्यक्रममा सहभागीहरूले 'बृहत् हरिनाम प्लेकार्ड प्रदर्शन गर्नुका साथै राजदूतलाई ज्ञापन पत्र हस्तान्तरण' गरेका थिए ।

इस्कन नेपालले प्रदर्शनका क्रममा कुनै पनि किसिमको हिंस्रक प्रस्तुति नगर्न अनुरोध गरेको थियो ।  

केही दिन अघि बङ्गलादेशमा हिन्दु मन्दिरमा दुर्गा पूजाको क्रममा हिन्दु समुदायका नागरिकमाथि आक्रमण भएको थियो । 

दुर्गा पूजाको अन्तिम दिन पूजाका क्रममा झन्डै २ सय जना मुस्लिमले गरेको आक्रमणमा करिब सात जनाको ज्यान गएको बताइएको थियो । घटनामा करिब ४० जना घाइते समेत भएका थिए।

मुस्लिम समुदायको बाहुल्यता रहेको बंग्लादेशमा अल्पसङ्ख्यक हिन्दु समुदायमाथि आक्रमण हुँदै आएको आरोप छ । कतिपय घटनामा सरकार समेत मौन रहने गरेको आरोपसमेत रहिआएको छ ।

पछिल्लो पटकको यो घटनालाई लिएर भने अन्तर्राष्ट्रिय समुदायमै बंग्लादेशको निन्दा भइरहेको छ । राजधानीदेखि झन्डै १५७ किलोमिटरको दुरीमा रहेको कोमिला र फेनी सहरमा यो घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ