arrow

भारतद्वारा नेपाललाई २२० केवी ट्रान्समिसन लाइन हस्तान्तरण

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७८ कार्तिक ५ शुक्रबार
nepal-india-flag.jpg
फाइल तस्बिर

काठमाडौँ। भारतले नेपाललाई नेबरहुड फर्स्ट पोलिसी अन्तर्गत २२० केवीको डबल सर्किट पावर ट्रान्समिसन लाइन सुम्पेको छ। १०६ किलोमिटरको कोसी कोरिडोर ट्रान्समिसन लाइन, जसको कूल लागत १० अर्ब ४० करोड नेपाली रुपियाँ छ। भारत सरकारको ५५० मिलियन अमेरिकी डलरको क्रेडिट लाइन अन्तर्गत बनेको परियोजनालाई एक्जिम ब्याङ्क अफ इन्डियाले विस्तारित गरेको हो।

२२० केवी डबल सर्किट कोसी कोरिडोर पावर ट्रान्समिसन लाइन इनरवा-बसन्तपुर-बनेश्वर-तुमलिङ्तारको निर्माण पूरा गरी नेपाल विद्युत् प्राधिकरणलाई सुम्पिएको थियो।

शेष दुई प्याकेज पूरा भएपछि अरुण र तमोर नदी घाटीहरूमा हुने उत्पादन लगभग दुई हजार मेगावाट बिजुली उत्पादन हुनासाथ निकासी सुनिश्चित भएको छ। 
भारतीय दूतावासका वरिष्ठ अधिकारीहरू र धनकुटा प्रशासनका प्रतिनिधिहरूको उपस्थितिमा केपीटीएल (कल्पतरू पावर ट्रान्समिसन लिमिटेड) र एक्जिम ब्याङ्क अफ इन्डियाद्वारा नेपाल विद्युत् प्राधिकरणलाई सो लाइन सुम्पिएको थियो।



नयाँ