- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले विजयी शुरूआत गरेको छ । यूएईको अबुधाबीमा शनिबार भएको सुपर १२ को पहिलो खेलमा दक्षिण अफ्रिकालाई ५ विकेटले पराजित गर्दै अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरेको हो ।
दक्षिण अफ्रिकाले दिएको ११९ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले १९.४ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गरेको हो । अष्ट्रेलियालाई जित दिलाउन स्टेभेन स्मिथले ३५, मार्कुस स्टोनिसले नटआउट २४ रन बनाए ।
एन्रिच नोर्कियाले २ विकेट लिए । कागिसो राबडा, केशव महाराज र ताब्रेज साम्सीले १–१ विकेट लिए ।
दक्षिण अफ्रिकाको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ९ विकेटको नोक्सानीमा ११८ रन बनाएको थियो । एडिन मार्क्रमले सर्वाधिक ४० रन बनाए । कागिसो रबाडाले नटआउट रहँदै १९ रन बनाए ।
अष्ट्रेलियाका लागि मिचेल स्टार्क, जोश हाजलउड र एडम जाम्पाले २–२ विकेट लिए ।
पहिलो चरणमा आठ टिमबीच भिडन्त भई चार टिम सुपर १२ मा छनोट भएसँगै अन्तिम भिडन्त शनिबार शुरु भएको हो ।