- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदूत निकोला पोलिट बिच शिष्टाचार भेट भएको छ । आइतबार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।
भेटमा सुदूर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षतिका सम्बन्धमा समेत कुराकानी भएको छ । साथै पुरस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरूको निर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको छ ।
यसको लागि मन्त्री शर्माले अन्तर्राष्ट्रिय विकास साझेदारहरूको ध्यानाकर्षण समेत गराएका छन् ।
यस्तै भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय सम्मेलन २०२१ (कोप २६) मा जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपाल जस्ता देशहरूले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा पनि छलफल भएको छ ।