arrow

रुसमा सङ्क्रमण बढ्यो, एकै दिन एक हजारभन्दा बढीको मृत्यु

logo
रासस-सिन्ह्वा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
corona-russia1.jpg
फाइल तस्विर।

मस्को। रुसमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण निकै बढ्दै गएको देखिएको छ । यहाँ एकै दिनमा अहिलेसम्मकै सबैभन्दा बढीको सङ्क्रमणबाट मृत्यु भएको छ । 

रुसका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार गएको २४ घण्टामा त्यहाँ १ हजार ७५ जनाको ज्यान गएको छ । यो सङ्ख्या यहाँ कोरोना भाइरसको सङ्क्रमण सुरु भएपछिको सबैभन्दा बढी हो । 

यहाँ यो भाइरसको सङ्क्रमणबाट २ लाख २९ हजार ५२८ जनाको ज्यान गएको छ । रुसका स्वास्थ्य अधिकारीहरूले पछिल्ला केही हप्तामा यहाँ भाइरसबाट ज्यान जानेहरूको सङ्ख्या बढ्दो रहेको छ । 

शनिवार यहाँ ३७ हजार ६७८ जना यो सङ्क्रमणबाट सङ्क्रमित भएको जनाइएको छ । यो समेत गरी रुसमा ८२ लाखभन्दा बढी नागरिक सङ्क्रमित भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ