कोरोना अपडेट : ५ सय ५७ सङ्क्रमित थपिए, ८ सय ७७ निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
621
Shares
काठमाडौं। पछिल्लो २४ घण्टामा ५ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। योसँगै हालसम्म पिसिआर विधिबाट ८ लाख ९ हजार ५६ जनामा र एन्टिजेन विधिबाट ९४ हजार १५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
यसै समयावधिमा ८ सय ७७ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ८७ हजार ५ सय ७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ४८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ७ हजार ६ सय २५ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १० हजार २ सय १ रहेको छ।