arrow

 इकोनोमिक्स कप २०२१ मा नेपाललाई ३ रजत र २ कास्य पदक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार

काठमाडौँ । इकोनोमिक्स कप २०२१ मा नेपालले तीन वटा रजत र दुइटा कास्य पदक जित्न सफल भएको छ। उक्त कप सेप्टेम्बर ११ बाट सेप्टेम्बर १३ सम्म भएको थियो। ओलम्पियाडमा ३८ देशबाट २६५ प्रतिस्पर्धा सहभागी थिए। 

नेपालका तर्फबाट अभिनम जोशी, सीमा केसी र शिरीष जोशीले रजत पदक जित्न सफल भएका छन् भने आस्था सापकोटा र आयुसा कोइरालाले कास्य पदक जित्न सफल भएका छन् । 

शिरीष जोशी ५ अङ्कले स्वर्णपदक ल्याउन बाट चुकेका हुन् । नेपालको लागि यो निकै ठुलो उपलब्धि हो | पदक ल्याउने विद्यार्थी हुरेल देश तथा विदेशका उत्कृष्ट विश्वविद्यालयमा छात्रवृत्ति पाउने गरेका छन् |

नेपालले सहभागिताको पहिलो वर्ष १ कास्य जित्न सफल भएको थियो। नेपालको नेतृत्व आर्यन श्रेष्ठ र निष्ठा श्रेष्ठले गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ