arrow

भारतमाथि पाकिस्तानको ऐतिहासिक जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
India-pakistan.jpeg

काठमाडौं। आइसीसी पुरुष टि-२० क्रिकेट विश्वकपमा पाकिस्तानले भारतलाई सहजै १० विकेटले पराजित गरेको छ। पुरुष क्रिकेट विश्वकपमा पाकिस्तानको भारतमाथिको पहिलो जित हो। यो ऐतिहासिक जितका हिरो शाहिन आफ्रिदी सहित मोहम्मद रिजवान र कप्तान बाबार आजम रहे।

टस जितेर पहिले फिल्डिङ रोजेको पाकिस्तानले कसिलो बलिङ गर्दै भारतलाई खुलेर खेल्न दिएन। भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन मात्र बनाउन सकेको थियो। 

पाकिस्तानले सुरुबाटै भारतलाई दबाबमा राखेको थियो। शाहिन आफ्रिदीले आफ्नो पहिलो २ ओभरमा दुई विकेट लिएका थिए। भारतको स्कोर १ रन हुँदा रोहित शर्मा आउट भएका थिए भने ६ रनमा अर्का ओपनर केएल राहुललाई गुमाएको थियो। आफरिदीले तीन विकेट लिएका थिए भने हसन अलीले २ विकेट लिएका थिए। 

भारतका लागि कप्तान विराट कोहलीले सार्वाधिक ५७ रन बनाएका थिए। कोहलीले ४९ बल खेल्दै १ छक्का र ५ चौका प्रहार गरेका थिए। त्यसैगरि रिसव पन्तले ३९ रनको योगदान दिएका थिए। 

जवाफमा ब्याटिङ गर्न ओर्लेको पाकिस्तानले सहजै १० विकेटको जित निकालेको थियो। पाकिस्तानले १७.५ ओभरमा १ सय ५२ रन बनाउँदै विश्वकप क्रिकेटमा भारत विरुद्ध पहिलो जित हात पार्‍यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले ७९ र बाबर आजमले  ६८ रन बनाएका थिए। खेलका प्लेयर अफ म्याच तीन विकेट लिएका शाहिन आफ्रिदी घोषित भए। 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ