- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
धनकुटा । धनकुटाका वरिष्ठ समाजसेवी तथा नेपाली कांग्रेस धनकुटा क्षेत्र नं. २ का पूर्व सभापति तथा ज्येष्ठ कांग्रेस सभाका सदस्य अमृत गिरीको निधन भएको छ । उनको आफ्नै निवास महालक्ष्मी नगरपालिका वडा नं. ६ लेगुवामा निधन भएको हो ।
१९९७ सालमा जन्मिएका नेपाली कांग्रेसका धनकुटा क्षेत्र नं. २ का पूर्व क्षेत्रिय सभापति गिरीका श्रीमती, ३ छोरा र ५ छोरी छन् । उनका कान्छा छोरा प्रविण गिरी महालक्ष्मी नगरपालिका वडा नं. ६ का नेपाली कांग्रेसका वडा सभापति हुन् ।
गिरी तत्कालीन लेगुवा गाउँ पञ्चायतको प्रधानमञ्चमा समेत निर्वाचित भएका थिए ।
उनको महालक्ष्मी नगरपालिकाको लेगुवा वश्रान्ती मन्दिरस्थित अरुण नदीको किनारमा कांग्रेसको चार तारे झण्डा ओढाएर सम्मानपूर्वक अन्त्यष्टि गरिएको छ । गिरीको पार्थिव शरीरमा कांग्रेस केन्द्रीय आमन्त्रित सदस्य मनोहर नारायण श्रेष्ठ, धनकुटा जिल्ला सभापति अग्निप्रसाद पौडेल, महासमिति सदस्य आनन्द सन्तोषी राई, संविधान सभा सदस्य अञ्जना ताम्ली,नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुव राय, पाख्रिवास नगर कार्य समितिका सभापति प्रेम भण्डारी लगायतका नेताहरुले पार्टीको चारतारे झण्डा ओढाएर सम्मान पूर्वक अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सो अवसरमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सदस्यहरु निर्मल ओझा, लेखनाथ पौडेल, रोशेष श्रेष्ठ, विष्णुप्रसाद पौडेल, राजेन्द्र पौडेल, इन्द्र कुँवर, पूर्व जिल्ला सहसचिव राजन पौडेल, पूर्व क्षेत्रिय सभापति चुडामणी धमला, पाख्रिवास नगर कार्यसमितिका सभापति प्रेम भण्डारी, महालक्ष्मी नगर कार्य समितिका सभापति ध्रुवराज राय, नेपाल महिला संघकी पूर्व केन्द्रीय सदस्य टिका भण्डारी, पाख्रिवास नगर कार्य समिति सहसचिव ईन्दिरा कार्की, कोषाध्यक्ष डम्वरकुमारी अधिकारी, महालक्ष्मी नगरपालिका वडा नं २ का सभापति भेषबहादुर पौडेल, वडा नं. ३ का सभापति चिरञ्जिवी कोङरेन, वडा नं. ४ का तेजकुमार श्रेष्ठ, वडा नं. ५ का सभापति राजिव बुढाथोकी, वडा नं. ७ का सभापति नेत्र अधिकारी, वडा नं. ८ का सभापति ओमबहादुर बराल, नेपाल तरुण दल धनकुटाका कार्यवाहक अध्यक्ष युवराज पराजुली, क्षेत्रिय अध्यक्ष तिलक महत, नेपाल दलित संघका धनकुटा अध्यक्ष शिव विक, नेपाल विद्यार्थी संघ धनकुटाका उपाध्यक्ष टेकबहादुर कुँवर, नेता विजय अधिकारी, कुलमान किसानी, नेपाल शिक्षक संघका नेता गजेन्द्रबाबु ढकाल, नेपाल आदिवासी जनजाति संघकी धनकुटा उपाध्यक्ष मिना राई, युवा नेताहरु हिमा कार्की, झगेन्द्र खतिवडा, भोगेन्द्र कार्की, रमेश पौडेल लगायतका कांग्रेस नेताहरुलेसमेत स्वर्गीय नेता गिरीको पार्थिव शरीरमा फुलमाला लगाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।