arrow

डाक्टरको लापरबाहीका कारण सुत्केरीको मृत्यु

logo
प्रेम रौले,
प्रकाशित २०७३ साउन ७ शुक्रबार
Bajura-hamrakura.jpg.jpeg
 बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने पाण्डुसैन गाविस ९ की एक सुत्केरी महिलाको मृत्यु भएको छ । सोही गाविस ९ बस्ने मान बहादुर ओलीकी  श्रीमती २२ वर्षकी टिका थापा (ओली) को मृत्यु भएको आफन्तले जनाएका छन् । पाण्डुसैनबाट १ दिनको पैदल यात्रामा सुत्केरी गराउनका लागि बोकेर ल्याएकी थापाको मृत्यु भएको उनका आफन्त गणेश थापाले बताएका छन् । 
 
सुत्केरी व्यथा लागेको दिन जिल्ला स्वास्थ्य कार्यालयमा ल्याइएको थियो । आकस्मिक प्रसुती केन्द्रमा काम गर्दे आएका डाक्टर राजन न्यौपानेले रगत अभाव हुदा थाहा भएको भए पनि कुनै वास्ता नगरी गर्भवती महिलाको अप्रेसन गरी बच्चा निकालीएको आफन्त थापाले आरोप लगाएका छन्  । 
 
मृत्युको मुखमा पुगेकी थापाको अप्रेसन पछि जिल्ला डाक्टर न्यौपानेले पिसाव रोकिएको भन्दै बाजुराबाट नेपालगञ्जमा रहेको कोहलपुर मेडिकलमा रिफर गरेको उनहरुले बताए  । रिफर पछि नेपालगंज कोहलपुर मेडिकलमा ९ दिनपछि उनको स्वास्थ्यमा सुधार नआएपछि अस्पतालले काठमाण्डौमा रिफर गरेको थापाले सुनाए ।
 
सुत्केरी गराउदा कुनै चेकजाँच नगरी मनोमानी ढंगले उनको अप्रेसन गरेको पिडितले गुनासो गरे । उनको स्वास्थ्मा रहेका दुवै मृगौलाले काम गर्न छाडेको र सुत्केरी महिला दिर्घ रोगी भएको भन्दै डक्टर न्यौपानेले अप्रेसन गरेको पिडित मान बहादुर ओलीले बताए  । डक्टर न्यौपानेले मुखले एक भनेको र काम गर्दा अर्कै गरेको ओलीले भने । उनले असार १७ गते अप्रेसन गरी बच्चा पाएकी थिइन् । असार १८ गते पिसाव रोकिएको भन्दै रिफर गरिएको ओलीको भनाइ छ । 
 
पिडित ओलीका अनुसार नेपालगञ्जमा उपचार गराउदा दिर्घ रोगी र शरिरका दुबै मृगौलाले काम गरि रहेको कोहलपुर मेडिकलले जनाएको ओलीले भने । डाक्टर न्यौपानेको लापरबाहीका कारणले मृत्यु भएको भन्दै ओलीले नेपाल काउन्सिलमा मुद्धा दर्ता गरेको बताएका छन् । दोषीलाइ कारबाही र छानविन  गरी नेपाल काउन्सिल प्रमाण पत्र खारेजीका लागि  दर्ता गराएको बताए । 
 
जिल्ला स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख डाक्टर मोहन नाथले भने कोहलपुर मेडिकल अस्पतालबाट नै दिर्घ मृगौला रोगी भएको जानकारी आएको बताए । अप्रेसन गर्दा कुनै समस्या नभएको नाथले भने । उनको मृत्यु के कसरी भयो यो बारेमा आफुलाइ कुनै जानकारी नभएको बताए । 
 
तर आफन्त गणेश थापाले भने निमोनिय भएको कारणले मृत्यु भएको अन्तिम रिपार्टमा लेखिएको बताए । मृतककी २ महिनाकी छोरी अलपत्र भएकी छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ