arrow

सार्वजनिक भएकै दिन टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’सफ्टवेयरमा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ८ सोमबार
elon-musk-tesla.jpg

काठमाडौँ । टेस्लाले सार्वजनिक गरेको फुल सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरमा समस्या देखिएको छ । कम्पनीले बेटा भर्जनका रूपमा सफ्टवेयर सार्वजनिक गरेकै दिन समस्या देखिएको हो ।

कम्पनीका सिइओ एलन मस्कले '१०.३ मा समस्या आएको भन्दै १०.२' अर्थात् पुरानै सफ्टवेयरमा झारिएको बताएका छन् । बेटा भर्जन भएका कारण एकै पटक सबै समस्या समाधान गर्न सम्भव नहुने मस्कको भनाइ छ ।

धेरै ठाउँमा दुर्घटना भएका कारण नियामक निकायहरूले टेस्लाको यो नयाँ स्वचालित प्रणालीको विरोध गरेका छन् । यद्यपि, टेस्लाले अटो पाइलट नाम दिएको यो नयाँ फिचरले नै पूर्ण रूपमा ड्राइभिङको काम भने गर्न सक्दैन । चालक आफूले पनि ध्यान दिनुपर्छ ।

सेल्फ ड्राइभिङ फिचर हुँदा चालकले कम ध्यान दिँदा दुर्घटना झनै बढी हुने गरेको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीको एक अध्ययनले देखाएको छ । नयाँ सफ्टवेयरमा देखिएको समस्या समाधान भएपछि केही टेस्ला कारका धनीहरूले  शुक्रवारसम्म सफ्टवेयर पाउन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ