arrow

सैन्य ‘कू’ को विरोध गर्नेमाथि गोली, कम्तीमा तीनको मृत्यु, ८० बढी घाइते 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
sudan-demonstration.jpg

काठमाडौं । सुडानमा सैनिक ‘कू’ को देशभर विरोध भएको छ । उक्त विरोधमा उत्रिएकाहरुमाथि सेनाले अन्धाधुन्ध गोली प्रहार गरेको छ । जसमा कम्तीमा ३ जनाको ज्यान गएको समाचार एजेन्सी एएफपीले जनाएको छ । 

उक्त प्रदर्शनमा ८० भन्दा बढी घाइते भएका छन् । सेनाले प्रधानमन्त्री र मन्त्रीहरुसहित थुप्रै सदस्यलाई गिरफ्तार गरी सत्ता हत्याएपछि राजधानी खार्तुममा हजारौं नागरिक सडकमा उत्रिएर विरोध गरेका हुन् । 

सुडानी सेनाले अमेरिकाका विशेष प्रतिनिधिको उपस्थिति सत्तारुढ परिषदसँग सम्झौतापछि पनि सत्ता कब्जामा लिएको हो । अमेरिकाले सात सय मिलियन अमेरिकी डलर सहायता रकमसमेत रोकिदिएको छ । 

सुडानी सेनाले सरकारी टिभी र रेडियो मुख्यालयलाई आफ्नो नियन्त्रणमा लिएको छ । सुडानमा ३० वर्षदेखि राज गरिरहेको ओमर अल बशीरलाई सत्ताबाट हटाएपछि दुई वर्षअघि अन्तरिम सरकार अस्तित्वमा आएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ