arrow

खेलाडीहरु पुगे मन्त्रीलाई भेट्न, भने- सबैभन्दा नजिकका सल्लाहकार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ९ मंगलबार
kheladi-mantri.JPG

काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर जङ्ग गहतराज (अथक) ले खेल क्षेत्रमा नयाँ क्रान्ति आवश्यक रहेको बताएका छन् । मङ्गलवार नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी सङ्घका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा मन्त्री अथकले नेपाली खेल क्षेत्रको विकासकालागि नयाँ ढङ्गको सङ्घर्ष आवश्यक रहेको बताएका हुन् ।
 
समग्र नेपाली युवा तथा खेलाडीहरूको भविष्य निर्माणको जिम्मेवारी आफ्नो काँधमा आएको बताउँदै मन्त्री अथकले सबै पक्षसँगको सहकार्यबाट खेल क्षेत्रलाई माथि उठाउन मन्त्रालयले दीर्घकालीन योजना ल्याउने तयारी गरिरहेको उल्लेख गरे ।

“खेलाडीहरू नै मेरो सबैभन्दा नजिकका सल्लाहकार हुन” युवा तथा खेलकुद मन्त्री अथकले भने, “खेल क्षेत्रका विज्ञहरूसँगको आवश्यक परामर्शबाट मन्त्रालयको आगामी रणनीति तय गरिनेछ ।” 

मन्त्री अथकलाई भेट्न मन्त्रालय पुगेका अग्रज खेलाडीहरू वैकुण्ठ मानन्धर, हरि रोका, दीपक बिस्ट, सँगिना वैद्य लगायतले खेलाडीहरूको मनोबल बढ्ने गरी सेवा सुविधाको व्यवस्था मिलाउन आग्रह गरेका थिए । 

त्यस क्रममा नेपाल अन्तर्राष्ट्रिय तथा राष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष दीपक श्रेष्ठले समग्र खेलाडीहरूको तर्फबाट विभिन्न मागसहितको ज्ञापन पत्र बुझाएका थिए  ।

 ज्ञापन पत्र बुझ्दै मन्त्री अथकले खेलाडीहरूका उचित मागको सम्बोधन गर्दै खेल क्षेत्रलाई चुस्त दुरुस्त बनाउन लाग्ने प्रतिबद्धता समेत जनाएका थिए । 



नयाँ