arrow

नबिल बैंकद्धारा बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १० बुधबार
nabil-bank-sajhedari-surkhe.jpg

काठमाडौं । नबिल बैंकले सुर्खेतको बराहतालमा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले बराहताल गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको छ ।

बराहताल गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिकाका तर्फबाट अध्यक्ष तेजबहादुर बस्नेतले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

उक्त साझेदारीमार्फत गाउँपालिकाहरुले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम–तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरुलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम–तालिमहरुमा बित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमसमेत संचालन गर्ने उद्देश्य रहेको बैंकले जनाएको छ ।

उक्त हस्ताक्षर कार्यक्रममा बोल्दै नबिल बैंकका कर्णाली प्रदेश प्रमुख गोपी पाण्डेले यस सम्झौताले बराहताल गाउँपालिकामा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रुपान्तरणमा सहयोग गर्ने बताए । 

त्यस्तै बराहताल गाउँपालिकाका अध्यक्ष बस्नेतले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने र देशको श्रम भारत लगायत खाडी मुलुक पलायन हुनबाट रोक्ने आशा ब्यक्त गरे । 

साथै उनले वास्तविक किसान तथा उद्यमी पहिचान गरी बैंकसम्म पुर्याइ गाउँपालिकाको विकासमा सहयोग गर्न सबैलाई आग्रह गरे । उक्त कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरु साथै अन्य गाउँपालिकाबासीहरुको समेत उल्लेख्य संख्यामा उपस्थिति रहेको थियोे ।  

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको शुरआत गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो । 

कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा शुरु गरेको छ । बैंकले ग्रामिण क्षेत्रमा बित्तीय पहुच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम शुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरीे नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको बंैकले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ