arrow

बालकृष्ण खाँण कार्यवाहक प्रधानमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
balkrishna-khand.jpg

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो अनुपस्थितिमा कार्य सञ्चालन गर्ने गरी गृहमन्त्री बालकृष्ण खाँणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्।

प्रधानमन्त्री देउवा आज शुक्रवार बेलायत भ्रमणमा निस्किएका हुन्। उनले बिहीबार नै आफ्नो अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्यका लागि गृहमन्त्री खाँणलाई जिम्मेवारी दिनेबारेको पत्र राष्ट्रपति कार्यालय पठाएका थिए।

प्रधानमन्त्रीको पत्रपछि राष्ट्रपति विद्यादेवी भण्डारीले खाँणलाई प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने अधिकार दिएकी हुन्।

पत्रमा नेपालको संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने अधिकार गृहमन्त्री खाँणले सम्हाले गरी जिम्मेवारी दिएको उल्लेख छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ