कोरोना अपडेट : ५ सय ४९ संक्रमित थपिए, ५ सय ६९ निको भए
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
1.6k
Shares
काठमाडौँ। पछिल्लो २४ घण्टामा ५ सय ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै हालसम्म नेपालमा ८ लाख ११ हजार ८ सय ९७ जनामा पीसीआर र ९४ हजार ४ सय २८ जनामा एन्टीजेन विधिबाट कोभिड(१९को संक्रमण पुष्टि भएको छ ।
यसै समयावधिमा ५ सय ६९ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म संक्रमणमुक्त हुनेको सङ्ख्या ७ लाख ९० हजार ३ सय ५८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा ६ जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या ११ हजार ३ सय ८८ पुगेको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ७ सय ४६ जनाको नमुना परीक्षण गरिएको छ। हाल सक्रिय संक्रमितको सङ्ख्या १० हजार १ सय ५१ रहेको छ।