arrow

'सरकारी ध्वजावाहक जहाजलाई सबै मिलेर माथि उकासौँ' 

logo
रासस,
प्रकाशित २०७८ कार्तिक १२ शुक्रबार
nepal-airlince.jpg

काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायुसेवा निगमलाई सबै मिलेर उचाइमा पुर्‍याउनुपर्ने बताएका छन्। 

शुक्रवार मन्त्रालयमा आयोजना गरिएको सरकारी तथा निजी क्षेत्रका जहाज सञ्चालकसँगको छलफलमा मन्त्री आलेले देशमा निजी क्षेत्रका जहाज फष्टाएझै नेपालको एक मात्र सरकारी राष्ट्रिय ध्वजावाहक विमान नेपाल वायु सेवा निगमलाई सबै तह, तप्का र क्षेत्रबाट माथि उकास्न एक जुट हुन आग्रह गरे ।

सोही क्रममा मन्त्री आलेले भने, “नेपालका आकाशमा निजी क्षेत्र जस्तै सरकारी जहाजले पनि उडान भरोस भन्ने मैले चाहेको हो, कृपया सबै मिलेर हाम्रो राष्ट्रिय ध्वजाबहाक जहाज उडाउन सबै लागि परौँ ।”

पछिल्लो समय विश्वव्यापी कोरोना महामारीका कारण पर्यटक भित्र्याउन नपाउँदा नेपालमा जहाज सेवा सञ्चालक कम्पनी पनि समस्यामा परेको दुखेसो हुँदाहुँदै पनि सरकारी क्षेत्रको राष्ट्रिय ध्वजाबहाक जहाजमा सञ्चालनका लागि निजी क्षेत्र सकारात्मक रहने निजी क्षेत्रका सञ्चालकहरूले प्रतिबद्धता जनाएका थिए  । 

सोही क्रममा नेपालका अधिकांश पहाडी जिल्लामा रहेका विमानस्थल जहाजका लागि सुरक्षाको खतरा भएको निजी क्षेत्रका जहाज सञ्चालकको गुनासो गरे । 

कुनै कारण बस रातिको समयमा जहाज पार्किङमा राखिएको बेला कसैले सामान्यतया ढुङ्गा, मुडा हिर्काउँदा जहाजमा ठुलो क्षति हुन सक्ने सम्भावना भएकाले ती क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कडा पारिदिन उनहरूले मन्त्री आलेसँग आग्रह गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ