arrow

टी–२० विश्वकपः बंगलादेश बाहिरियो, वेस्ट इन्डिजको पहिलो जित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
t20-world-cup-west-indies-2.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा बंगलादेश बाहिरिएको छ । लगातार तीन खेलमा हार बेहोरेसँगै बंगलादेश सेमिफाइनल प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको हो । 

यूएईको शारजाहमा शुक्रबार भएको खेलमा वेस्ट इन्डिजसँग पराजित भएसँगै बंगलादेश बाहिरिएको हो । जितपछि भने वेस्ट इन्डिजको छनोटको आशा बाँकी नै छ । बंगलादेशलाई ३ रनले हराउँदै वेस्ट इन्डिजले पहिलो जित निकालेको हो ।

बंगलादेशको इनिङ्स
वेस्ट इन्डिजले दिएको १४३ रनको विजयी लक्ष्य पछ्याएको बंगलादेशले ५ विकेटको नोक्सानीमा १३९ रनमात्र बनाउन सक्यो । 

बंगलादेशका लिटोन दासले ४३ बलमा ४४ रन बनाए । कप्तान महमुदुल्लाहले २४ बलमा नटआउट रहँदै ३१ रन बनाए ।

सौम्य सरकार र मोहमद नाइमले १७– १७ रन जोडे ।  वेस्ट इन्डिजका रवि रामपाल, ड्वाने ब्राभो, जासन होल्डर,आन्द्रे रसेल र अकिल होसेनले १–१ विकेट लिए ।

वेस्ट इन्डिजको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले ७ विकेटको नोक्सानीमा १४२ रन बनाएको थियो ।

निकोलस पुरनले २२ बलमा ४० रन बनाए । रोस्टन चेसले ४६ बलमा ३९ रन जोड्दा जासन होल्डरले नटआउट रहँदै ५ बलमा १५ रन बनाए । कप्तान केइरन पोलार्डले १८ बलमा नटआउट रहँदै १४ रन बनाए । 

बंगलादेशका मेहदी हसन, मुस्ताफिजुर रहमान र शोरिफुल इस्लामले २–२ विकेट लिए ।

अंक तालिका
जितसँगै समूह १ को खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले ३ खेलमा २ अंक जोडेको छ। समूह १ को वेस्ट इन्डिज पाँचौ स्थानमा रहेको छ । यो जितले वेस्ट इन्डिजले सेमिफाइनल पुग्ने आशा जिवित राखेको छ । 

बंगलादेशले लगातार तेस्रो हार बेहोरेसँगै सेमिफाइल प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । अंकविहीन बंगलादेश पुछारमा छ ।

२ खेलमा ४ अंकसहित इङ्गल्याण्ड र अष्ट्रेलिया शीर्ष दुईमा रहेका छन् । दक्षिण अफ्रिका र श्रीलंका २ खेलबाट २ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ