arrow

टी–२० विश्वकपः लगातार तीन जितसहित पाकिस्तान शीर्ष स्थानमा, अफगानिस्तान पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १३ शनिबार
t20-world-cup-pakistan-2021.jpg

काठमाडौं । पाकिस्तानले आईसीसी टी–२० विश्वकप क्रिकेटमा लगातार तेस्रो सफलता हासिल गरेको छ । यूएईको दुबईमा शुक्रबार राति भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले उक्त सफलता हासिल गरेको हो । 

पाकिस्तान लगातार तेस्रो सफलता हासिल गर्ने एक्लो टिम हो । अफगानिस्तानले दिएको १४८ रनको विजयी लक्ष्य पाकिस्तानले १९ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गर्यो ।  

पाकिस्तानलाई जित दिलाउन कप्तान बाबर आजमले कप्तानी इनिङ्स खेल्दै ५१ रन बनाए । उनले ४७ बलको सामना गरेका थिए । 

फखर जमानले २५ बलमा ३० तथा विस्फोटक ब्याटिङ गरेका आसिफ अलीले ७ बलमा नटआउट रहँदै २५ रन बनाए । उनले एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए भने दुई बल डट खेलेका थिए । एक बलमा एक रन लिएका थिए । 

उनै अली प्लेयर अफ द म्याच हुन सफल भए । 

अफगानिस्तानका राशिद खानले २ विकेट लिए । मुजिब उर रहमान, नभीन उल हक र मोहम्मद नाबीले १–१ विकेट लिए ।

अफगानिस्तानको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ६ विकेटको नोक्सानीमा १४७  रन बनाएको थियो ।

७६ रन जोड्दा ६ विकेट गुमाइसकेको अफगानिस्तानका कप्तान मोहमद नाबी र गुल्बादिन नाइबले खेलेको आकर्षक साझेदारीले सम्मानित योगफल बनाएको हो । दुवैबीच सातौं विकेटका लागि नटआउट ७१ रनको साझेदारी भएको थियो । जसमा दुवैले समान ३५ रन बनाएका थिए । 

पाकिस्तानका इमाद वासिमले २ विकेट लिए । शहिन साह अफ्रिदी, हरिस राउफ, हसन अली र शादब खानले १–१ विकेट लिए ।

अंक तालिका
यो जितसँगै पाकिस्तान सेमिफाइनलमा पुग्ने लगभग निश्चित भएको छ । समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ ।

अफगानिस्तान २ खेलमा २ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पहिलो पटक सुपर १२ खेलिरहेको नामिबिया १ खेलमा २ अंकसहित तेस्रो स्थानमा छ । 

१ खेलबाट अंकविहीन न्यूजिल्याण्ड र भारत चौथो र पाँचौं स्थानमा छन् । स्कटल्याण्ड भने २ खेलबाट अंकविहीन हुँदै पुछारमा छ । 

समूह १ को अंक तालिका
समूह १ को खेलमा डिफेन्डिङ च्याम्पियन वेस्ट इन्डिजले ३ खेलमा २ अंक जोडेको छ। समूह १ को वेस्ट इन्डिज पाँचौ स्थानमा रहेको छ । यो जितले वेस्ट इन्डिजले सेमिफाइनल पुग्ने आशा जिवित राखेको छ । 

बंगलादेशले लगातार तेस्रो हार बेहोरेसँगै सेमिफाइल प्रवेश गर्ने सम्भावनाबाट बाहिरिएको छ । अंकविहीन बंगलादेश पुछारमा छ ।

२ खेलमा ४ अंकसहित इङ्गल्याण्ड र अष्ट्रेलिया शीर्ष दुईमा रहेका छन् । दक्षिण अफ्रिका र श्रीलंका २ खेलबाट २ अंकसहित क्रमशः तेस्रो र चौथो स्थानमा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ