arrow

टी–२० क्रिकेटः श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
t20-wold-cup-sa-sl.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाविरुद्ध दक्षिण अफ्रिकाले रोमाञ्चक जित निकालेको छ । यूएईको शारजाहमा शनिबार भएको खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रिकाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १४३ रनको विजयी लक्ष्य दक्षिण अफ्रिकाले १ बल खेल्न बाँकी छँदै ६ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रिकाका लागि कप्तान टेम्बा बाभुमाले ४६ बलमा समान रन बनाए । 

यस्तै डेभिड मिलरले १३ बलमा नटआउट रहँदै २३ रन बनाए । श्रीलंकाका वाविन्दु हसरंगाले ३ विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए ।

श्रीलंकाको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले सबै विकेट गुमाएर १४२ रन बनाएको थियो । ओपनिङ ब्याट्सम्यान पाथुम निस्सन्काले ५८ बलमा ७२ रन बनाए । 

चारिथ असन्काले १४ बलमा २१ रन बनाए । त्यस्तै कप्तान डसुन शनकाले ११ रन बनाए बाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाउन सकेनन् । 

दक्षिण अफ्रीकाका ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले ३–३ विकेट लिए । एन्रिच नोर्कियाले २ विकेट लिए ।

अंक तालिका
यो खेलपछि दक्षिण अफ्रिका समूह २ मा ३ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा पुगेको छ । शीर्ष स्थानको इङ्गल्याण्डको ३ खेलबाट ६ अंक छ । 

तेस्रो स्थानको अष्ट्रेलियाको ४ अंक छ । श्रीलंका र वेष्ट इन्डिजको २–२ अंक छ भने पुछारको बंगलादेशको ३ खेलबाट शून्य अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ