arrow

नबिल बैङ्क र पोखरा विश्वविद्यालयबीच साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
nabil-bank-pokhara-university-mou-2078.jpg

काठमाडौँ। नबिल बैङ्कले पोखरा विश्वविद्यालयसँग दिगो बैङ्किङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचेकोलागि समझदारी गरेको छ। नबिल बैङ्कको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान सन्काएका डिन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैङ्कले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम (ब्याचलर अफ इन्टरप्रेन्योरशिप डेभलपमेन्ट-बीईडी प्रोग्राम) अन्तर्गतका उद्यमशील परियोजना सञ्चालन गरिरहेका उद्यमी विद्यार्थीहरूलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको बैङ्कले जनाएको छ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैङ्क र पोखरा विश्वविद्यालयको सम्बन्धमा नयाँ आयाम थपेको बताए। उद्यम गर्ने सोच सँगै त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरूमा रोजगारी र उद्यमशीलता विकास गरी सामाजिक रूपान्तरणमा सहयोग गर्ने बताए। त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिस्ट्रार डा. दीपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान सन्काएका डिन डा. अजय थापाले नबिल बैङ्कको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैङ्किङ कार्यक्रमको सफलताको शुभकामना सहित यस्ता लागि विश्वविद्यालयको सधैँ सहयोग रहने समेत बताए।

उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा विभिन्न व्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजीवी साथै बीईडी प्रोग्राम अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य उपस्थिति थियो।

नबिल बैङ्कले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैङ्किङको सुरुवात गरेको हो। सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैङ्कले दिगो बैङ्किङ कार्यक्रम सार्वजनिक गरेको हो। कार्यक्रम अन्तर्गत बैङ्कले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ।

बैङ्कले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रको व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट सञ्चालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ