arrow

कोहली पूर्ण फ्लप, शास्त्रीको शास्त्र चलेन, धोनीको मेन्टरले काम गरेन, भारतको सेमिफाइनल आशा जिवितै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
t20-world-cup-india-kohli-2.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा भारतले लगातार दोस्रो हार बेहोरेको छ । टी–२० विश्वकपको पहिलो संस्करणको विजेता भारतले यसपालि यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा भने लगातार दुई खेल हारेको छ । 

यो हारका पछाडि कप्तान विराट कोहलीको कप्तानीमा प्रश्न उठेको छ । उनले यो विश्वकपपछि कप्तानी छाड्ने बताएका थिए । त्यस्तै प्रशिक्षक रवि शास्त्रीको समय पनि सकिएको छ । उनी पनि पूरै असफल रहे । 

त्यस्तै पूर्व कप्तान महेन्द्र सिंह धोनीले खेलेको मेन्टरको भूमिकाले पनि कुनै काम गरेन । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड बीसीसीआईले यो विश्वकप जित्नका लागि गरेको प्रयास कतै खेर गइरहेको त छैन भन्ने प्रश्न उठेको छ । 

तर भारतले लगातार दुई खेल हारे पनि सेमिफाइनल प्रवेशको सम्भावना भने जिवितै छ । अब भारतले बाँँकी रहेका तीन खेलमा सर्वोत्कृष्ट खेल्नुपर्नेछ । त्यस्तै अन्य टिमको अंक समीकरणमा पनि भर पर्नेछ । 

भारतले अब सहज टिमहरुसँग खेल्नेछ । भारत सामु अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड छन् । 

भारतले पहिलो खेलमा पाकिस्तानसँग टी–२० विश्वकपमै पहिलो खेल हार्ने क्रममा १० विकेटको पराजय भोगेको थियो । 

दोस्रो खेलमा आइतबार राति न्यूजिल्याण्डसँग ८ विकेटले पराजित भयो । 

यस्तो भयो भारत न्यूजिल्याण्डको खेल
यूएईको दुबईमा भारतलाई ८ विकेटले पराजित गर्दै न्यूजिल्याण्डले पहिलो जित निकालेको हो । भारतले दिएको १११ रनको विजयी लक्ष्य न्यूजिल्याण्डले १४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

न्यूजिल्याण्डलाई जिताउन डारिल मिचेलले ३५ बलमा ४९ रन बनाए । कप्तान केन विलियम्सनले ३१ बलमा नटआउट रहँदै ३३ रन बनाए ।

ओपनर मार्टिन गुप्टिलले १७ बलमा २० रन बनाए । भारतका जसप्रित बुम्राहले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको नोक्सानीमा ११० रनमात्र बनाएको थियो । अगाडिको ब्याटिङ लाइन ध्वस्त भएपछि  सातौं नम्बरमा ब्याटिङ गर्न आएका रविन्द्र जडेजाले सर्वाधिक रन जोडे । 

जडेजाले १९ बलमा नटआउट रहँदै २६ रन बनाए । त्यस्तै छैटौं नम्बरमा आएका हार्दिक पाण्डेयाले २४ बलमा २३ रन बनाए । 

त्यसबाहेक लोकेश राहुलले १८, रोहित शर्माले १४ तथा रिशभ पन्तले १२ रन बनाए । त्यसबाहेक कसैले दोहोरो स्कोर बनाएनन् । 

फ्लप ठहरिएका कप्तान कोहलीले १७ बल खेल्दै ९ रन बनाए । उनले छक्का चौका केही पनि प्रहार गरेनन् । 

ट्रेन्ट बोल्टले २० रन खर्चेर ३ विकेट लिए । यस्तै इश सोधीले २ तथा टिम साउथी र आदम मिल्नेले १–१ विकेट लिए ।  

अंक तालिका
अहिलेसम्म समूह २ को खेलमा पाकिस्तान ३ खेलबाट ६ अंकसहित पहिलो, ३ खेलबाट ४ अंकसहित दोस्रो तथा न्यूजिल्याण्ड २ खेलबाट २ अंकसहित तेस्रो स्थानमा छ । 

नामिबिया २ खेलबाट २ अंकसहित चौथो, भारत २ खेलबाट अंकविहीन हुँदै पाँचौं तथा २ खेलबाट अंकविहीन स्कटल्याण्ड पुछारमा छ । 

यसरी पुग्न सक्छ भारत सेमिफाइनलमा
–भारतले अब खेल्न बाँकी सबै खेल (अफगानिस्तान, नामिबिया र स्कटल्याण्डसँग) मा ठूलो अन्तरको जित निकाल्नुपर्ने ।
–अफगानिस्तान र न्यूजिल्याण्ड बीचको खेलमा अफगानिस्तानले जित्नुपर्ने ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ