arrow

‘एसपी वीरबहादुर वलीले धम्क्याएको खुलासा’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १५ सोमबार
bake-jilla-police.jpg

काठमाडौं । नेपाल प्रहरी सत्तारुढ दलको ईशारामा चल्न नहुने नेपाल तरुण दल नेपालगन्ज नगर सभापति सन्दिपजंग शाहले आग्रह गरेका छन् । एक कार्यक्रममा बोल्दै नगर सभापति शाहले विगतमा जस्तो प्रहरीले दलगत रुपमा पक्षपात गरेर नेपाली कांग्रेस वा अन्य दलका युवाहरुलाई झुट्टा मुद्दामा नफसाउन चेतावनीसमेत दिए ।

‘मलाई झुट्टा मुद्दा लगाएर जेल पठाए’ नगर सभापति शाहले भने । बाँकेमा तत्कालीन प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले आफू र आफ्ना जिल्ला अध्यक्षलाई प्रहरी कार्यालयमा नै बोलाएर धम्की दिएकोसमेत शाहले खुलासा गरे ।

नेपाली कांग्रेस बाँके पार्टी सभापति किरण कोइरालामाथि तत्कालीन अवस्थामा भएको आक्रमणको विरोध गरेर आन्दोलन गरेकै कारण आफूमाथि विपक्षी दलले राजनीतिक दबाब दिएर प्रहरीलाई दुरुपयोग गरेको भन्दै नगर सभापति शाहले अगाडि थपे, ‘उतिबेला नेकपाको सरकार थियो प्रहरी पनि नेकपा प्रहरी भयो,अहिले कांग्रेसको नेतृत्वमा सरकार छ नेका प्रहरी बन्नु पर्दैन नेपाल प्रहरी भएर काम गरोस् ।’

नेपाल तरुण दलको स्थापना दिवस कार्यक्रममा मन्तव्य राखेका कांग्रेस बाँकेका युवा नेता शाह हातहतियार राखेको झुट्टा मुद्दा खेप्दै ११ महिना कारावास बसेका थिए । उनलाई अदालतले सफाईसमेत दिइसकेको छ ।

शाहलाई हतियारसहित पक्राउ गरेका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका तत्कालीन प्रहरी प्रमुख डीएसपी हेमबहादुर शाहीमाथि छानबिनसमेत भएको थियो ।  

लगत्तै निर्माण व्यवसायीसँग खसी मागेको अडियो टेप सार्वजनिक भएपछि तत्कालीन प्रदेश ५ (लुम्बिनी प्रदेश) प्रहरीले छानबिनका लागि समिति गठन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ