arrow

टी–२० विश्वकपः इङ्गल्याण्ड सेमिफाइनलमा, श्रीलंका पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
t20-world-cup-england-20218.jpg

काठमाडौं । इङ्गल्याण्ड टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्ने पहिलो टिम बनेको छ । इङ्गल्याण्ड अपराजित रहँदै सशतप्रतिशत नतिजाका साथ सेमिफाइनलमा पुग्न सफल भएको हो । 

सोमबार रातिको खेलमा श्रीलंकामाथि २६ रनको जित निकाल्दै इङ्गल्याण्ड लगातार चार जितसहित सेमिफाइनलमा पुग्न सफल भएको हो । 

यस्तो छ श्रीलंकाको इनिङ्स
इङ्गल्याण्डले दिएको १६४ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले १९ ओभरमा अलआउट हुँदै १३७ रन मात्र बनाउन सक्यो । 

वाविन्दु हसरंगा डी सिल्भाले २१ बलमा सर्वाधिक ३४ रन बनाए । कप्तान डसुन शनकाले २५ बलमा २६ रन जोडे। यस्तै भानुका राजपाक्षेले २६ रन जोड्दा चारिथ असलंकाले २१ रन बनाए । 

इङ्गल्याण्डका आदील राशिद, मोइन अली र क्रिस जोर्डनले २–२ विकेट लिए । लियाम लिभिङस्टोन र क्रिस वोक्सले १–१ विकेट लिए ।

इङ्गल्याण्डको इनिङस्
यसअघि पहिले ब्याटिङ गरेको इङ्गल्याण्डले ४ विकेटको नोक्सानीमा १६३ रन बनाएको थियो । ३५ रन जोड्दा ३ विकेट गुमाइसकेको इङ्गल्याण्डले खराव शुरुआत गरेको भए पनि समग्रमा भने राम्रो प्रदर्शन गर्यो । 

इङ्गल्याण्डका लागि जोस बट्लरले नटआउट रहँदै १०१ रन बनाए । ६७ बलमा ६ छक्का र ६ चौकाको मद्धतले उक्त योगफल बनाउँदै बटलर जारी विश्वकपमा शतक बनाउने पहिलो खेलाडीसमेत बनोका छन् । 

कप्तान इयान मोर्गनले ३६ बलमा ४० रन बनाए । श्रीलंकाका  वाविन्दु हसरंगाले ३ तथा दुश्मन्था चामिराले १ विकेट लिए ।

यसअघि इङ्गल्याण्डले वेस्ट इन्डिज, बंगलादेश र अष्ट्रेलियालाई हराएको थियो ।

श्रीलंकाको भने यो तेस्रो हार हो ।

अंक तालिका 
जितसँगै समूह १ मा रहेको इङ्गल्याण्ड ४ खेलमा ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । ऊ एक खेलअघि नै सेमिफाइनलमा पुगेको छ । 

दोस्रो स्थानको दक्षिण अप्रिकाको ३ खेलमा ४ तथा तेस्रो स्थानको अष्ट्रेलियाको ३ खेलमा ४ अंक नै छ । 

 श्रीलंका ४ खेलमा २ अंक जोडेर चौथो स्थानमा रहेको छ ।  उसको सेमिफाइनल पुग्ने सम्भावना लगभग सकिएको छ । 

पाँचौं स्थानको ३ खेलबाट २ अंकको वेष्ट इन्डिजको सम्भावना कायमै छ । ३ खेलबाट अंकविहीन बंगलादेश भने बाहिरिइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ