arrow

रोहितलाई भारतीय टिमको कप्तानी !

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
virat-rohit.jpg
तस्वीर–फाइल ।

काठमाडौं । विराट कोहली निरन्तर फ्लप भएसँगै भारतीय क्रिकेट टिमको कप्तानी उपकप्तान रोहित शर्माले सम्हाल्ने भएका छन् । शर्मालाई टी–२० र एक दिवसीय टिमको कप्तानी दिन लागिएको हो । 

तत्काल चयन समितिको बैठक बसेर रोहितलाई जिम्मेवारी दिइने बताइएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) को सूत्रलाई प्रयोग गर्दै भारतीय संचारमाध्यमहरुले बताएअनुसार टेष्ट क्रिकेटको कप्तानी अझै पनि कोहलीले नै सम्हाल्ने छन् । 

विश्वकप टी–२० पछि भारतले न्यूजिल्याण्डलाई घरेलु मैदानमा स्वागत गर्नेछ । जहाँ ३ टी–२० र २ टेष्टको सिरिज खेलिने छ । जसमा टी–२० को शर्मा र टेष्टको कोहली कप्तान बन्नेछन् । 

केही वर्षदेखि तीन वटै फर्म्याटका छुट्टाछुट्टै कप्तान हुनुपर्नेमा जोड दिइएको छ । 

यसपालिको टी–२० विश्वकपमा भने भारतले खराब प्रदर्शन गरिरहेको छ । कोहलीले अन्तिम कप्तानी सम्हालिरहेका छन् ।

भारत अहिलेसम्म पाकिस्तानसँग १० विकेटले र न्यूजिल्याण्डसँग ८ विकेटले पराजित भएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ