arrow

टी–२० विश्वकपः दक्षिण अफ्रिका सेमिफाइनल नजिक, छोटियो दावेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
t20-world-cup-south-africa-.jpg

काठमाडौं । दक्षिण अफ्रिका आईसीसी विश्वकप टी–२० क्रिकेटको सेमिफाइनल नजिक पुगेको छ । मंगलबार अबुधाबीमा भएको खेलमा दक्षिण अफ्रिकाले बंगलादेशमाथि शानदार जित निकालेको हो ।

बंगलादेश ६ विकेटले पराजित भएको हो । यो जितपछि दक्षिण अफ्रिका समूह १ को दोस्रो स्थानमा रहेको छ । दक्षिण अफ्रिकाको ४ खेलबाट ६ अंक रहेको छ । 

तेस्रो स्थानको अष्ट्रेलियाको ३ खेलबाट ४ अंक रहेको छ । योसँगै समूह १ बाट सेमिफाइनलमा पुग्ने दावेदारी छोटिँदै गएको छ । ४ खेलबाट ८ अंकको इङ्गल्याण्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । 

समूहका अन्य तीन टिमहरु २ अंकका श्रीलंका र वेष्टइन्डिजसँगै अंकविहीन बंगलादेश बाहिरिइसकेका छन् । बंगलादेशले ४ खेलबाट अहिलेसम्म अंक बटुल्न सकेको छैन । 

यस्तो रह्यो दक्षिण अफ्रिकाको इनिङ्स
बंगलादेशले दिएको ८५ रनको झिनो विजयी लक्ष्य दक्षिण अफ्रिकाले १३.३ ओभरमै ४ विकेटको नोक्सानीमा पूरा गर्यो । कप्तान टेम्बा बावुमाले नटआउट रहँदै २८ बलमा ३१ रन जोडे । 

रस्सी भान डर डुसेनले २७ बलमा २२ रन तथा ओपनर क्विनटन डी ककले १५ बलमा १६ रन बनाए । बंगलादेशका टास्किन अहमेदले २ तथा महेदी हसन र नसुम अहमदले १–१ विकेट लिए ।

बंगलादेशको इनिङ्स
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै ८४ रनमात्रै जोड्न सक्यो ।

बंगलादेशका लागि महेदी हसनले २५ बलमा सर्वाधिक २७ रन जोडे । लिटोन दासले ३६ बलमा २४ रन बनाए । 

दक्षिण अफ्रिकाका लागि कागिसो राबाडा र एनरिच नोर्जले समान ३–३ विकेट लिए । तबरेज सम्सीले २ विकेट लिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ