arrow

चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिन्छ : अर्थमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १७ बुधबार
janardan-rajswa.JPG

खाँदवारी । अर्थमन्त्री जनार्दन शर्माले सङ्खुवासभाको किमाथाङ्का नाका व्यवस्थित गरेर सञ्चालन गरिने बताएका छन्  ।  खाँदवारिमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले अरुण कोरिडोरको निर्माणसँगै चीनसँगको नाका किमाथाङ्कालाई व्यवस्थित गरिने बताएका  हुन् । अरुण कोरिडोरको निर्माणले सङ्खुवासभामा विकासको ढोका खुल्ने विश्वास उनले व्यक्त गरे ।

सङ्खुवासभामा अथाह प्राकृतिक स्रोत साधन रहेको भन्दै मन्त्री शर्माले त्यसको उपयोगबाट जिल्लालाई धनी बनाउन मद्दत पुग्ने बताए । 

त्यस्तै अर्को एक कार्यक्रममा उनले अरुण नदीबाट उत्पादित विद्युत्ले नेपालको अर्थतन्त्र मजबुत बनाउने विश्वास व्यक्त गरे । अरुणबाट उत्पादित विद्युतले नेपालको व्यापार घाटा कम गर्न मद्दत पुग्ने र अर्थतन्त्र मजबुत बनाउन सहयोग पुग्ने उनको भनाइ छ । 

“अपर अरुणलगायत थुप्रै आयोजनामा सरकारले लगानी गर्दै छ”, मन्त्री शर्माले भने । व्यापार घाटा कम गर्न सक्ने स्रोत–साधन सङ्खुवासभामा रहेका कारण सरकारले लगानी बढाउने प्रतिबद्धता मन्त्री शर्माले जनाए । 

अरुणमा जलविद्युत् आयोजना निर्माण गर्न सरकारी कम्पनीलाई जिम्मा दिएर काम अघि बढाउन पहल गरिरहेको उनको भनाइ थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ