arrow

टी–२० विश्वकपः न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना जिवित, स्कटल्याण्ड बाहिरियो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
t20-world-cup-nz.jpg

काठमाडौं । न्यूजिल्याण्डले आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनल पुग्ने सम्भावना सम्भावना जिवित राखेको छ । स्कटल्याण्डमाथि १६ रनको संघर्षपूर्ण जित निकालेसँगै सेमिफाइनल सम्भावना जिवित राखेको हो । 

समूह २ अन्तर्गत यूएईको अबुधाबीमा बुधबार भएको खेलमा १७३ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्याण्डले ५ विकेटको नोक्सानीमा १५६ रनमात्र जोड्न सक्यो । स्कटल्याण्डका लागि माइकल लिस्कले आकर्षक खेल देखाउँदै २० बलमा नटआउट रहँदै ४२ रन जोडे । म्याथ्यू क्रसले २७ रन बनाए । ओपनर जर्ज मुन्सीले २२ रन जोड्दा रिच्ची बेरिङटन २० रन बनाए । 

न्यूजिल्यान्डका ट्रेन्ट बोल्ट र इश सोधीले समान २–२ विकेट लिए । टिम साउथीले १ विकेट लिए । 

न्यूजिल्याण्डको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५ विकेटको नोक्सानीमा १७२ रन बनाएको थियो । ओपनर मार्टिन गुप्टिलले ५६ बलमा ९३ रन बनाए । प्लेयर अफ द म्याच गुप्टिलले ७ छक्का र ६ चौका हानेका थिए । 

त्यस्तै ग्लेन फिलिप्स ३३ रन बनाए । स्कटल्याण्डका ब्राड ह्वेल र सफ्याना शरिफले समान २–२ विकेट लिए । मार्क वाटले १ विकेट लिए । 

अंक तालिका
यो जितपछि ३ खेलबाट न्यूजिल्याण्डले दोस्रो जित निकाल्दै ४ अंकसहित तेस्रो स्थानमा पुगेको छ । जितले न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै रहेको छ । 

स्कटल्याण्ड भने लगातार तेस्रो हारसहित सेमिफाइनल होडबाट बाहिरिएको छ । पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ । 

दोस्रो स्थानको अफगानिस्तान ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । आफ्नो अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गर्न सके अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुग्नेछ । 

भारत ३ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । पाँचौं स्थानको नामिबियाको ३ खेलबाट २ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ