arrow

भारतको पहिलो जित, सेमिफाइनल पुग्ने आशा पलायो 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
t20-world-cup-ind.jpg

काठमाडौं । भारतले आईसीसी टी–२० विश्वकप क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार राति भएको खेलमा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै तीन खेलमा पहिलो जित निकालेको हो । 

यसअघि भारत पाकिस्तान र न्यूजिल्याण्डसँग पराजित भएको थियो । अफगानिस्तानलाई हराएसँगै भारतको सेमिफाइनल प्रवेशको सम्भावना जिवितै राखेको छ ।

भारत ३ खेलबाट २ अंकसहित चौथो स्थानमा छ । पाँचौं स्थानको नामिबियाको ३ खेलबाट २ अंक छ । पुछारको स्कटल्याण्ड अंकविहीन छ । 

पाकिस्तान ४ खेलबाट ८ अंकसहित शीर्ष स्थानमा रहेर सेमिफाइनलमा पुगिसकेको छ । दोस्रो स्थानको अफगानिस्तान ४ खेलमा ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । आफ्नो अन्तिम खेलमा न्यूजिल्याण्डलाई पराजित गर्न सके अफगानिस्तान पहिलो पटक सेमिफाइनलमा पुग्ने आशा राख्नेछ । 

यता स्कटल्याण्डलाई हराएपछि ३ खेलबाट न्यूजिल्याण्ड दोस्रो जित निकाल्दै ४ अंकसहित तेस्रो स्थानमा पुगेको छ । जितले न्यूजिल्याण्डको सेमिफाइनल सम्भावना कायमै रहेको छ । 

स्कटल्याण्ड भने लगातार तेस्रो हारसहित सेमिफाइनल होडबाट बाहिरिएको छ । 

अफगानिस्तानको इनिङ्स 
२११ रनको विशाल विजयी लक्ष्य पछ्याएको अफगानिस्तानले ७ विकेटको नोक्सानीमा १४४ रन जोड्न सक्यो । करिम जनतले २२ बलमा ४२ रन जोडे । कप्तान मोहम्मद नाबीले ३२ बलमा ३५ रन बनाए । 

भारतका मोहमद शामीले ३ तथा रविचन्द्रन आश्विनले २ विकेट लिए । जसप्रित बुमराह र रविन्द्र जडेजाले १–१ विकेट लिए ।

भारतको इनिङ्स
यसअघि पहिले ब्याटिङ गरेको भारतले २ विकेटको नोक्सानीमा २१० रन बनायो । पहिलो विकेटका लागि १४० रनको साझेदारी गर्ने क्रममा रोहित शर्माले ४७ बलमा ७४ रन जोडे । त्यस्तै लोकेश राहुलले ४८ बलमा ६९ रन बनाए । 

हार्दिक पाण्ड्याले १३ बलमा नटआउट रहँदै ३५ रन बनाए । ऋषभ पन्तले १३ बलमा २७ रन बनाए । अफगानिस्तानका करिम जनत र गुलबदिन नइबले १–१ विकेट लिए ।

रोहित प्लेयर अफ द म्याच भए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ