arrow

फल्स सिलिङ गरी ल्याइएका १३५ थान विन्डचिटर नेपालगन्जबाट बरामद 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १८ बिहिबार
auoriksha.JPG

नेपालगन्ज । नेपालगन्जको सीमा नाकाबाट फल्स सिलिङ गरि तस्करी गर्दै ल्याइएको ठुलो परिमाणमा अवैध विन्डचिटर ( ज्याकेट ) बरामद गरिएको छ ।

संयुक्त सुरक्षा फौज र भन्सार कार्यालयको टोलीले गए राती साढे ८ बजे नेपालगन्ज भन्सार चेक पोस्टबाट अटोरिक्सामा फल्स सिलिङ गरी तस्करी गरेर ल्याइएको १३५ थान विन्डचिटर बरामद गरेको छ ।

जमुनाहा बिओपी भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमान्डमा रहेको टोलीले भे १ स ९२९२ नम्बरको अटोरिक्साको छत मुनी प्लाई हालेर त्यसको बिचमा लुकाएर ल्याइएको ठुलो परिमाणको विन्डचिटर बरामद गरेको हो ।

सशस्त्र प्रहरी निरीक्षक बुढाले दिएको जानकारी अनुसार बरामद गरिएको विन्डचिटरको मूल्य प्रति पिस १ हजार रुपैयाँ रहेको छ । "तस्करी गर्ने नयाँ तरिका जति अपनाए पनि सुरक्षा फौज जहिले तस्करहरू भन्दा दुई कदम अगाडि नै रहन्छ भन्ने कुरा तस्करहरूले यस पटक राम्रोसँग बुझिसकेका छन्," बुढाले भने ।

बरामद गरिएको १३५ थान विन्डचिटर र अटोरिक्सालाई नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक बुढाले जानकारी दिएका छन् ।

त्यस्तै सशस्त्र प्रहरीको जमुनाहा बिओपीले करिब ५० हजार बराबरको पटाका बरामद गरेको छ । बिओपीको टोलीले विभिन्न स्थानबाट भारतको रुपईडिहाबाट नेपालगन्ज ल्याउँदै गरिएको उक्त पटाका बरामद गरेको हो । बरामद गरिएका पटाकालाई बिओपीको टोलीले भन्सार कार्यालय कर्मचारीको उपस्थितिमा नष्ट गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ