arrow

श्रीलंकाले घाउमा मल्हम लगाउँदै विश्वकप सकायो, वेष्ट इन्डिजलाई अझै पीडा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
t20-world-cup-wi.JPG

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा श्रीलंकाले वेष्ट इन्डिजलाई पराजित गरेको छ । सुपर १२ को समूह १ अन्तर्गतको आफ्नो अन्तिम खेलमा युएईको अबुधाबीमा बिहीबार राति श्रीलंका २० रनले विजयी भएको हो । 

१९० रनको विजयी लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ८ विकेटको नोक्सानीमा १६९ रनमात्र जोड्न सक्यो । डिफेन्डिङ च्याम्पियन वेष्ट इन्डिज यसपालि निकै नै पीडामा छ । 

सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिएको वेष्ट इन्डिजले अब अन्तिम खेल खेल्न बाँकी छ । 

वेष्ट इन्डिजका लागि शिमरोन हिटम्यानले ५४ बलमा ८१ रन जोडेर नटआउट रहे । निकोलास पुरनले ३४ बलमा ४६ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो स्कोर खडा गर्न सकेनन् । 

श्रीलंकाका वानिन्दु डी सिल्भा, बिनुरा फर्नान्डो र चमिका करुणारत्नेले समान २–२ विकेट लिए । दुसमन्था चमिरा र दासुन सनकाले १–१ विकेट लिए । 

श्रीलंकाको इनिङ्स 
यसअघि पहिले ब्याटिङ गरेको श्रीलंकाले ३ विकेटको नोक्सानीमा १८९ रन जोड्न सफल भयो । प्लेयर अफ द म्याच चरिथ असलंकाले ४१ बलमा सर्वाधिक ६८ रन बनाए । 

पाथुम निसांकाले ४१ बलमा ५१ रन बनाए । आन्द्रे रसेलले २ तथा ड्वायन ब्राभोले एक विकेट लिए ।

अंक तालिका
यो खेलपछि श्रीलंकाले जितसहित यसपालिको विश्वकप सकाएको छ । सेमिफाइनलबाट बाहिरिइसकेको भए पनि उसले घाउमा मल्हम लगाउँदै प्रतियोगिता सकाएको हो । 

डिफेन्डिङ च्याम्पियन भने अझै पनि पीडामा छ । वेष्ट इन्डिजले अझै एक खेल खेल्न बाँकी छ । 

समूह १ मा इङ्गल्याण्ड ४ खेलबाट ८ अंकसहित सेसिमफाइनलमा पुगिसकेको छ । अष्ट्रेलिया ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । समान खेल र अंकबाटै दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । 

५ खेलबाट ४ अंकको श्रीलंका, ४ खेलबाट २ अंकको वेष्ट इन्डिज र ५ खेलबाट अंकविहीन बंगलादेश बाहिरिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ