arrow

नबिल बैङ्क ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १९ शुक्रबार
nabil-global-sme-finance-award-2021.jpg

काठमाडौँ। नबिल बैङ्क ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ मा अन्तर्गत विशिष्ट सम्मानबाट सम्मानित भएको छ। नबिल बैङ्क विश्व बैङ्कको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमद्वारा आयोजित र वित्तीय समावेशीकरणको लागि जी२०को ग्लोबल साझेदारी (जीपीएफआई)द्वारा अनुमोदित, ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट सम्मानित भएको हो। आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैङ्कलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ।

एसएमई हरू अर्थतन्त्रको मेरुदण्ड हो। हाल कोभिडको महामारीबाट राष्ट्रिय अर्थतन्त्र प्रभावित भइरहेको अवस्थामा नबिल बैङ्कले रणनीतिक रूपमा एसएमई क्षेत्रको उत्थानमा ध्यान केन्द्रित गरेको छ। यसका लागि सक्रियतापूर्वक आफ्नो व्यवसाय प्रक्रियालाई नवीनतम नीति, तथा प्रक्रिया मार्फत एसएमई क्षेत्रलाई सरल, सहज र चुस्त रूपमा कर्जा उपलब्ध गराउँदै आएको छ।

यस उपलब्धिबाट बैङ्क सम्मानित भए सँगै नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनिल केशरी शाहले नबिल बैङ्कले कोभिडका कारण कठिनाइहरू सामना गरिरहेका एमएमई क्षेत्रलाई वित्तीय पहुँच पुर्‍याउन प्राथमिकताका साथ काम गरिरहेको बताए। बैङ्किङ कार्यविधिलाई प्रविधिको प्रयोग मार्फत तथा रणनीतिक योजनालाई परिवर्तन गर्दै एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन ध्यान केन्द्रित गरेको जानकारी गराउँदै बैङ्कले देशको आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याइरहेको र यस क्रमलाई विभिन्न रूपमा जारी राख्ने समेत बताए।

यस सम्बन्धमा एसएमई फाइनान्स फोरमका सिइओ म्याथ्यू गेमसेरले हरेक वर्ष धेरै प्रभावशाली संस्थाहरूले एसएमईलाई वित्तीय पहुँच पुर्‍याउन अविश्वसनीय काम गरेको, नविनतम् प्रविधि तथा प्रयोग तथा नौलो तरिकाबाट ग्राहकलाई पहिलो प्राथमिकतामा राखेर लाभदायक र सुनिश्चित वित्तीय सेवा प्रदान गरेको पाएका बताए। सन् २०२१ को प्रतिस्पर्धाले विगतको जस्तै बृहत् उपलब्धि र क्षमतामा वृद्धि भएको समेत बताए।

गत महिना पनि नबिल बैकलाई एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२१ को लागि नेपालको अग्रणी साझेदार बैङ्कको रूपमा मान्यता दिएको थियो। त्यस्तै गरी, नबिल बैङ्कले सफलता पूर्वक युरोमोनीद्वारा लगातार २ वर्षसम्म ‘नेपालको वेस्ट बैङ्क’ अवार्ड जित्न सफल भएको छ।

सन् १९८४ देखि आफ्ना ग्राहकहरूलाई समायनकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैङ्कको १३५ शाखा, १८८ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरू रहेको नबिल बैङ्कले नेपाली बैङ्किङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैङ्किङ विकासको इतिहासमा कोसे ढुङ्गाको रूपमा काम गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ