arrow

मधेशी गठबन्धनका कार्यकर्ताले कांग्रेसको झण्डा जलाए

logo
प्रकाशित २०७७ पुष १७ शुक्रबार
1576291368.jpeg
पर्सा । संघीय समावेशी मधेशी गठबन्धनका कार्यकर्ताले वीरगंजमा शनिबार नेपाली कांग्रेसले निकालेको र्‍याली विथोलेर झण्डा जलाएका छन् । कांग्रेस नगर कार्यसमितिले पार्टीको झण्डा र ब्यानर सहित मधेश आन्दोलनको समर्थनमा निकालेको र्‍याली विथोल्दै गठबन्धन कार्यकर्ताले झण्डा जलाएका हुन् । 
 
लामो समयदेखि जारी मधेश आन्दोलनमा आवद्ध मधेशवादी दलहरुले पार्टीको  झण्डा छोडेर कालो झण्डा बोकेकामा कांग्रेसले पार्टीको झण्डै बोकेर सहभागि भएर आन्दोलनमा घुसपैठ गर्न खोजेको झोंकमा झण्डा जलाएका हुन् ।
  
 
मधेश विरोधी संविधान जारी गर्ने कांग्रेसले आन्दोलन तुहाउन घुसपैठको रुपमा पार्टीको झण्डा सहित र्‍याली निकालेको गठबन्धनको आरोप छ । मधेश आन्दोलनमा सहभागी हुनेले पार्टीबाट राजीनामा दिएर कालो झण्डा समाउन तयार हुनुपर्ने गठबन्धन नेताहरुको भनाई छ । 
 
वीरजञ्जको माइस्थानमा जम्मा भएका कांग्रेसका कार्यकर्ताको झण्डा र ब्यानर खोसेर जलाएपछि गठबन्धनका कार्यकर्ताहरुले कांग्रेस विरोधी नारा लगाउँदै प्रदर्शन गरेका थिए । तस्वीरः दिपेनन्द्र चौहान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ