arrow

नेपाल संवत् धनकुटामा भव्य, शंखधर शाख्वा प्रवेशद्धारको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
sankhadhar-shakhwa-gate-dha.jpg

धनकुटा । नेपाल सम्वत् ११४२ को अवसरमा धनकुटामा शंखधर शाख्वा आर्कषक तथा कालात्मक प्रवेशद्धार (गेट) को उद्घाटन, शुभकामना र्याली तथा सम्मान कार्यक्रमको आयोजना गरी भव्य रुपमा बनाइएको छ ।

धनकुटाको त्रिवेणी चौकमा निर्माण गरिएको शंखधर याख्वा प्रदेश द्धारको प्रदेश नम्वर १ का सांसद कुसुम कुमारी श्रेष्ठले नेपाल सम्वत ११४२ को अवसरमा शुक्रबार उद्घाटन गरिन् । उक्त शंखधर शाख्वा कलात्मक र आकर्षक प्रदेश द्धार (गेट) को प्रदेश सांसद श्रेष्ठको सांसद कोषबाट ५ लाख रुपैयाँ र जन श्रमदान तथा  विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरी जम्मा १० लाख रुपैयाँ बराबरको लागतमा निर्माण गरिएको निर्माण समितिका अध्यक्ष केदानाथ श्रेष्ठले बताए । 

प्रदेशद्धार उद्घाटन कार्यक्रममा नेपा पुच धनकुटाका अध्यक्ष तथा नेवा दे दबुका निर्वमान केन्द्रीय उपाध्यक्ष नविन किशोर शाक्य,नेवा दे दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधान, सल्लाहकार दिपक शाक्य, पूर्व डीआईजी दिनेश अमात्य, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजयसन्तोषी राई, कोषाध्यक्ष रुपेश श्रेष्ठ, धनकुटा नगरपालिका वडा नं ६ का वडाध्यक्ष नरेश श्रेष्ठ, वडा नं ५ का वडा सदस्य तथा नेवा पुच धनकुटा नगरका अध्यक्ष रोशन श्रेष्ठ, सीता श्रेष्ठ, निर्माण समितिका अध्यक्ष केदारनाथ श्रेष्ठ, मिसा खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठ, प्रध्यापक रमेश श्रेष्ठ, धनकुटा लेडिजेसिजका संस्थापक अध्यक्ष प्रमिसा थापा श्रेष्ठ, धनकुटा बजार व्यवस्थापन समितिका अध्यक्ष विप्लवमान श्रेष्ठलगायत सयौंको सहभागीता रहेको थियो ।

सो अवसरमा गेट निर्माणमा महत्वपूर्ण सहयोग गर्ने सांसद श्रेष्ठ, निर्माण समिति अध्यक्ष केदारनाथ श्रेष्ठ, आर्थिक तथा भौतिक सहयोग गर्ने जंगबहादुर डंगोल, लोकेन्द्र रायमाझी, श्रीवानी ट्रेडर्स धनकुटा ७ का प्रोप्राइटरहरु विपिन प्रधान, मनोज डंगोल, लिलाकुमार डंगोल, सुन्दर श्रेष्ठ, उर्गेन शाक्य लगायतलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
 
नेवा पुच धनकुटाका अध्यक्ष नविन किशोर शाक्यको अध्यक्षतमा सम्पन्न भएको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य मिस खल धनकुटाका अध्यक्ष रेणु श्रेष्ठले राखेकी थिइन् । नेवा दे दवु धनकुटाका अध्यक्ष श्रीकृष्ण प्रधानले कार्यक्रमको संचालन गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ