arrow

अष्ट्रेलिया र दक्षिण अफ्रिकामध्ये को पुग्ला सेमिफाइनलमा ? यस्तो छ शनिबारको भिडन्त

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २० शनिबार
t20-world-cup-australia-s20.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा शनिबार दुई महत्वपूर्ण खेल हुँदैछन् । दुई खेलको समाप्तिपछि नै सेमिफाइनलमा पुग्ने एक टिमको छिनोफानो हुनेछ । 

समूह १ अन्तर्गत शनिबार दुई खेल हुन लागेका हुन् । जसमा पहिलो खेलमा अष्ट्रेलिया र दोस्रो खेलमा दक्षिण अप्रिकाले खेल्दैछ । यी दुईमध्ये एक टिम सेमिफाइनलमा पुग्नेछ । अर्को टिम बाहिरिने छ । 

समूह १ बाट इङ्गल्याण्ड सेमिफाइनलमा पुगिसकेको छ । 

दिउँसो ३ः४५ बजे अष्ट्रेलियाले वेष्टइन्डिजसँग खेल्दैछ । बेलुकी ७ः४५ बजे दक्षिण अफ्रिकाले इङ्गल्याण्डसँग खेल्दैछ । 

समीकरण यस्तो छ–
४ खेलबाट ८ अंकसहित इङ्गल्याण्ड शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । दोस्रो स्थानको अष्ट्रेलिया ४ खेलबाट ६ अंकसहित दोस्रो स्थानमा छ । 

तेस्रो स्थानको दक्षिण अफ्रिकाको ४ खेलबाट ६ अंक छ । 

शनिबारका खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रिका विजयी भए भने रनरेटमा जो माथि हुन्छ उसैले सेमिफाइनलमा स्थान बनाउने छ । पराजित हुने टिम बाहिरिने छ । दुवै टिम पराजित भए त्यहाँ पनि रनरेट हेरिन्छ । 

तर अहिलेको फर्मको कुरा गर्दा भने अष्ट्रेलिया सेमिफाइनलमा पुग्ने देखिन्छ । किनकि उसको प्रतिद्धन्द्धी डिफेन्डिङ्ग च्याम्पियन वेष्ट इन्डिजले खराब खेलिरहेको छ । 

समूह १ मा ६ टिम रहेकामा श्रीलंकाले ५ खेल खेलिसकेको छ । जसले ४ अंक निकाल्दै बाहिरिएको छ । अन्तिम खेल खेल्दै गरेको वेष्ट इन्डिजको ४ खेलमा २ अंक मात्रै छ । 

पुछारको बंगलादेशले सबै खेल खेलेर सबै अंक गुमाएको छ । 

यो खेलपछि समूह १ का समूहका सबै खेल खेलिने छन् र सेमिफाइनल समीकरण पूरा हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ