arrow

भारतमा ‘तेरो जित मेरो जित, तेरो हार मेरो हार’ भन्दै बने मिम्स

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
mems-sole.jpg

काठमाडौं । भारतमा तेरो जित मेरो जित, तेरो हार मेरो हार भन्दै मिम्सको बाढी आएको छ । आईसीसी टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा पुग्न भारतले आफूले नामिबियालाई हराएरमात्र पुग्ने छैन अफगानिस्तानले न्यूजिल्याण्डलाई हराउनु पर्ने हुन्छ ।

अफगानिस्तान र न्यूजिल्याण्डबीचको खेल आइतबार दिउँसो ३ः४५ बजेदेखि शुरु हुँदैछ । यो खेल अफगानिस्तानले जित्दा न्यूजिल्याण्ड बाहिरिने छ । अनि भारतले सोमबारको खेलमा नामिबियालाई पराजित गरेमात्र भारत सेमिफाइनलमा पुग्नेछ । 

भारतका लागि कठिन घडी रहेको यो समयमा भारतीय क्रिकेट फ्यानले अफगानिस्तानको जितको कामना गरेका छन् । अफगानिस्तानको जितमा भारतको भविष्य टिकेपछि फ्यानहरुले आफ्नो आशा बढाउन अफगानिस्तानको जितको अपेक्षा गरेका हुन् । 

तर विश्वकपमा अफगानिस्तानले यति ठूलो जित निकालेको छैन । तर सामाजिक संजालमा भने मिम्स बनेको छ, ‘तेरो जित मेरो जित, तेरो हार मेरो हार’ ।

यूएई र ओमानको संयुक्त आयोजनामा जारी विश्वकपमा समूह २ मा रहेको भारत तेस्रो स्थानमा छ । यो समूहबाट पाकिस्तान ४ खेलबाट ८ अंकसहित सेमिफाइनलमा पुगिसकेको छ । न्यूजिल्याण्डको ४ खेलबाट ६, भारतको ४ खेलबाट ४ तथा अफगानिस्तानको ४ खेलबाट ४ अंक छ । 

अफगानिस्तानले आइतबार न्यूजिल्याण्डलाई हराएमात्र भारतको सेमिफाइनल पुग्ने सम्भावना हुन्छ । न्यूजिल्याण्डले जित निकाल्दा सेमिफाइनलमा पुग्नेछ । 

त्यसपछि भारतको जित हारले फरक पार्ने छैन । 

यो समूहबाट २ अंकको नामिबिया र अंकविहीन स्कटल्याण्ड बाहिरिइसकेका छन् । 

समूह १ बाट इङ्गल्याण्ड समूह विजेता तथा अष्ट्रेलिया उपविजेता बन्दै सेमिफाइनलमा पुगिसकेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ