arrow

अफगानिस्तान हार्दा बाहिरियो विश्वकपबाट भारत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २१ आइतबार
t20-world-cup-afg.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तान पराजित भएको छ । अफगानिस्तान न्यूजिल्याण्डसँग पराजित भएको हो । आइतबार भएको खेलमा अफगानिस्तान पराजित हुँदा न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको छ । 

योसँगै भारत पनि आफ्नो खेल खेल्नुअघि नै बाहिरिएको छ । भारत सन् २०१२ पछि पहिलो पटक विश्वकपमा सेमिफाइनलमा पुग्न असफल भएको छ । 

यूएईको अबुधाबीमा भएको खेलमा अफगानिस्तान ८ विकेटले पराजित भयो । अफगानिस्तानले जितेको भए भारतको सेमिफाइनलमा पुग्ने अवसर हुने थियो । तर अफगानिस्तानले निकै कमजोर खेल्यो । 

न्यूजिल्याण्डले १२५ रनको विजयी लक्ष्य १८.१ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो । कप्तान केन विलियम्सनले ४२ बलमा नटआउट रहँदै ४० रन बनाए । 

डेभोन कोन्वेले नटआउट रहँदै ३२ बलमा ३६ रन तथा मार्टिन गुप्टिलले २८ रन बनाए । अफगानिस्तानका राशिद खान र मुजिब उर रहमानले १–१ विकेट लिए ।

अफगानिस्तानको इनिङ्स
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले कमजोर खेल्दै ८ विकेटको नोक्सानीमा १२४ रन बनायो । 

अफगानिस्तानका लागि नजिबुल्लाह जदरनले ४८ बलमा सर्वाधिक ७३ रन जोडे । न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ विकेट लिए । टिम साउथीले २ विकेट लिए । एडम मिल्ने, इश सोधी र जेम्स निशानले समान १–१ विकेट विकेट लिए ।

समूह २ बाट पाकिस्तान र न्यूजिल्याण्ड सेमिफाइनलमा पुगेको छ । भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । 

समूह १ बाट इङ्गल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ