arrow

शतप्रतिशत खेलेर पाकिस्तान सेमिफाइनलमा, स्कटल्याण्डको निरीह प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
t20-world-cup-pak-scot.jpg

काठमाडौं । पाकिस्तान आईसीसी टी–२० विश्वकप क्रिकेटमा शतप्रतिशत परिणामसहित सेमिफाइनलमा पुग्न सफल भएको छ । सुपर १२ को समूह चरणको अन्तिम खेलमा स्कटल्याण्डलाई पराजित गर्दै पाकिस्तानले शतप्रतिशत खेलेको हो । 

आइतबार राति यूएईको शारजाहमा भएको खेलमा पाकिस्तान स्कटल्याण्डमाथि रनको शानदार जित हात पार्न सफल भयो । पाकिस्तानले दिएको १९० रनको विजयी लक्ष्य पछ्याउने क्रममा स्कटल्याण्डले ६ विकेटको नोक्सानीमा ११७ रनमात्र जोड्न सक्यो ।

रिची वेरिङटनले ३७ बलमा नटआउट रहँदै ५४ रन जोडे । त्यस्तै जर्म मुन्सेले १७ तथा माइकल लिस्कले १४ रन बनाए बाहेक कसैले पनि दोहोरो स्कोर बनाएनन् । 

पाकिस्तानका शदाब खानले २ तथा शाहिन शाह अफ्रिदी, हरिस राउफ र हसन अलीले १–१ विकेट हात पारे ।

पाकिस्तानको इनिङ्स
टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ४ विकेटको नोक्सानीमा १८९ रन बनायो । कप्तान बाबर आजम र शोइब मलिकले अर्धशतकीय इनिङ्स खेले । 

आजमले ४७ बलमा ३ छक्का र ५ चौकाको मद्धतले ६६ रन बनाए । मलिकले १८ बलमा ६ छक्का र १ चौकाको मद्धतले नटआउट रहँदै ५४ रन बनाए । 

मोहम्मद हाफिजले १९ बलमा ३१ रन जोडे । 

स्कटल्याण्डका क्रिस ग्रेभ्सले २ तथा हम्जा ताहिर र सफ्यान सरिफले १–१ विकेट लिए । 

पाकिस्तानले समूहका सबै खेल जितेको हो । 

समूह २ बाट १० अंकसहित पाकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुग्दा न्यूजिल्याण्ड ८ अंकसहित उपविजेता बन्दै सेमिफाइनलमा पुग्यो । 

भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्ड बाहिरिएका छन् । 

अर्को समूहबाट समान ८ अंकसहित इङ्गल्याण्ड र अष्ट्रेलिया सेमिफाइनलमा पुग्दा ८ अंककै दक्षिण अफ्रिका बाहिरिएको छ । 

श्रीलंका, वेष्ट इन्डिज र बंगलादेश बाहिरिएका छन् । 

सेमिफाइनलमा पाकिस्तान र अष्ट्रेलिया तथा इङ्गल्याण्ड र न्यूजिल्याण्ड खेल्नेछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ