arrow

भारतले सन् २०२२ को विश्वकप क्रिकेटमा स्थान बनायो, यसपटक नौ वर्षकै खराब प्रदर्शन 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
t20-world-cup-india-202167.jpg

काठमाडौं । भारतले नौ वर्षपछिकै सबैभन्दा खराब प्रदर्शन गर्दै विश्वकप क्रिकेटबाट बाहिरिएको छ । आईसीसी टी–२० विश्वकपमा भारत सुपर १२ बाटै बाहिरिएको छ । 

सन् २०१२ पछिकै सबैभन्दा खराब प्रदर्शन गरेको भारत यसपालि सुपर १२ बाटै बाहिरिएको हो । भारत सुपर १२ को अन्तिम खेलमा नामिबियासँग खेल्नुअघि नै सेमिफाइनल प्रवेशबाट बन्चित हुनु परेको हो । 

भारतले सोमबार बेलुकी ७ः४५ बजे नामिबियासँग खेल्दैछ । यो खेलको जित या हारले समीकरणमा कुनै फरक पार्ने छैन । तर भारतले शानदार र कीर्तिमानी जितसहित बिदा लिन चाहेको छ । 

भारतले यसपालि नराम्रो खेले पनि सन् २०२२ को टी–२० विश्वकपका लागि स्थान भने सुरक्षित गरिसकेको छ । 

भारतले यसपालि पाकिस्तान र न्यूजिल्याण्डसँग हार बेहोर्दा अफगानिस्तान र स्कटल्याण्डलाई हरााएको थियो भने नामिबियासँग पनि जितको नतिजा निकाल्ने लगभग पक्का छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ