arrow

सन् २०२२ को विश्वकप क्रिकेटमा को को छानिए ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २२ सोमबार
icc-t20-world-cup.jpg

काठमाडौं । सन् २०२१ को आईसीसी टी–२० क्रिकेट प्रतियोगिता सकिएको छैन । तर अर्को वर्ष हुने विश्वकपका लागि ८ टिम छानिइसकेका छन् । 

अहिले भइरहेको प्रतियोगिताको प्रदर्शनका आधारमा आठ टिम छानिएका हुन् । समूह १ बाट इङ्गल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र बंगलादेश छानिए । 

समूह २ बाट पाकिस्तान, न्यूजिल्याण्ड, भारत र अफगानिस्तान छानिए । शीर्ष ४–४ टिम छानिने भए पनि समूह १ बाट पुछारको अंकविहीन बंगलादेश छानियो । तर श्रीलंका र वेष्ट इन्डिज भने छानिएनन् । 

आईसीसीको नियमअनुसार शीर्ष आठ टीम छानिनु पर्ने थियो । तर नोभेम्बर १५ सम्म आईसीसीको टी–२० वरियता अनुसार शीर्ष वरियताका ६ टिम र जारी विश्वकपका विजेता र उपविजेता छानिने आईसीसीले जनाएको छ । 

यो नियमसँगै इङ्गल्याण्ड, पाकिस्तान, भारत, न्यूजिल्याण्ड, दक्षिण अफ्रिका र अष्ट्रेलिया शीर्ष ६ मा रहे भने बंगलादेश र अफगानिस्तान पनि शीर्ष आठमा समेटिए । 

तर श्रीलंका र वेष्ट इन्डिज रहेनन् । यी टिमहरुले छनोट खेल्नुपर्नेछ । छनोटमा ८ टिम हुन्छन् र तीमध्ये ४ टिम सुपर १२ मा पुग्छन् र शुरु हुन्छ सुपर १२ को भिडन्त । 

सन् २०२२ को टी–२० विश्वकप अष्ट्रेलियामा हुँदैछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ