arrow

मित्र योग र अमृत बेला परेको कस्तो होला मंगलबारको दिन ?

logo
ज्यो. हरि पन्त, 
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
rashifal-horoscope-4.jpg

आजको पञ्चाङ्ग

आज मिति २०७८ कात्तिक २३ गते मंगलबार, इस्वीसंवत नोभेम्बर ९ तारिक सन् २०२१, श्रीशाके १९४३, नेपाल संवत् ११४२, राक्षश नामको संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलाद्र्धमा छन् । वर्षा ऋतु चलिरहेको छ ।

चान्द्रमान अनुसार कात्तिक शुक्लपक्ष चलिरहेको छ । सौरमान अनुसार आज कात्तिक शुक्लपक्षको पञ्चमी तिथि रहनेछ । आज नक्षत्रमा उत्तरषाढा, विष्कुम्भादि योगमा धृति, करणमा कौलव र आनन्दादि योगमा मित्र रहनेछ ।

सूर्य तुला राशिमा, चन्द्रमा धनु राशिमा रहनेछ । आज दिनमान २७ घटि ९ पला अर्थात ११ घण्टा ०१ मिनेटको रहनेछ । आज सूर्योदय काठमाडौं केन्द्र विन्दुमा रही बिहान ६ बजेर २१ मिनेटमा जयदेव मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ५ः१४ बजे हुनेछ । 

आजको राशिफल

मेषः आज आफ्नै ढिलासुस्तीले मनोवल घटाउनेछ, हरेक काममा पछि परेको अनुभव हुने, मानसिक अशान्ति, यात्रामा बिघ्नबाधा, स्वास्थ्य भरपर्दो नहुनु, खानामा गडबडी, आज फलफूल सम्बन्धी पेशामा लाभ पाइने, पद र पैसाभन्दा प्रतिष्ठासंग गाँसिएका काममा लगानी हुन सक्नेछ ।

वृषः आज मनमा विना कामको चिन्ता थपिने, दाजुभाइबीचको सम्बन्ध पनि सुमधुर नरहने, आफन्तले समेत परिवारमा किचलो थप्न लागिपर्ने सम्भावना ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ, आज काममा समेत उतारचढाव नआउला भन्न सकिन्न, तर मनोरञ्जन तथा राजनीतिक क्षेत्रमा सहभागी हुन पाइनेछ ।

मिथुनः आज स्वास्थ्य एक्कासी समस्या, चिसोका कारण शरीर सुनिने, निमोनिया हुन सक्ने छ, आखामा एक्कासी समस्या देखिन सक्छ, आउदो सोमबार वा मंगलबार घरमा चोरी हुन सक्ने सम्भावना पनि ज्योतिष भविष्यवाणी दृष्टिकोणमा देखिन्छ, तर आज खेलकुद, राजनीतिक एवं सामाजिक क्षेत्रमा सहभागी भएर सहयोग गर्न पाइनेछ ।

कर्कटः आज स्वास्थ्य ठीकठाक रहनेछ । आदर सत्कार पाइने काममा सहभागी हुन पाइनेछ, पारिवारिक तथा आश्रित कर्मचारीको राम्रो सहयोग पाइने छ, तपाईंको कार्यक्षेत्रमा शुभेच्छुक व्यक्ति नया लाभका अवसर लिएर आउने, रमणीय कार्यमा सहभागी हुन पाइने छ भने दिउँसो ३ बजेपछिको समय शुभ छैनन्, ती समयमा लेनदेन एवं महत्वपूर्ण कार्य नगर्नुहोला ।

सिंहः आज स्वास्थ्यले राम्रै साथ दिनेछ, आम्दानीका स्रोतहरू बढ्दै जानेछन्, यश, कीर्ति बढ्ने काममा लगानी गर्न पाइनेछ, नयाँ कामको थालनी आज गर्नुभएमा उच्चतम् फाइदाको हुनेछ, व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ, दिउसो आकस्मिक रूपमा कुनै चोट लाग्न सक्ने सम्भावना छ, त्यसैले यात्रा तथा जे काम गर्दा पनि सजक हुनुहोला ।

कन्याः आज व्यर्थैको विवादले मानसिक चिन्ता थप्ने छ, आफन्तबाट तिरष्कार, अपमान गर्ने प्रयास हुन सक्नेछ, तपाईंको काम बिगार्न लागि पर्नेछन्, समग्रमा लाभभन्दा हानी नै ज्यादा हुने हुदा सतर्क हुनु आवश्यक छ । उत्तर तर्फको यात्रा आज नगर्दा राम्रो हुनेछ । मित्र योग परेकाले पूराना मित्रहरुसंग भेटघाट हुनेछ ।
 
तुलाः आज प्रशस्तै लाभका मौकाहरू रहेका छन्, सापटी धन फिर्ता गर्न आउनेछन्, मन लागेको कार्यमा छुट्नुपर्ने, घरमा चोरी हुन सक्ने सम्भावना देखिन्छ भने टाढाको धार्मिक यात्राको सम्भावना देखिन्छ तर आज पश्चिम मुलुकको यात्रा नगर्दा नै राम्रो हुनेछ ।

वृश्चिकः आज मनमा त्रास, शंका, असन्तोष जस्तो अनुभव भईरहनेछ । स्वास्थ्यको दृष्टिले समय शुभ छैन, उठ्नुपर्ने पैसा न उठ्ने तर खर्चमा अत्यधिक वृद्धिले पनि थप चिन्ता बढ्ने देखिन्छ, आफन्तसंग भएको कलहले ठूलै घाटा व्यहोर्नुपर्ने छ । समग्रमा आज कसैसंग पनि विवाद गर्नु ठीक छैन ।

धनः आज मानसिक व्यर्थ चिन्ता बढ्नेछ, तिरस्कार, हिनतावोध, आफ्ना आश्रित कर्मचारी, छोरा-छोरीबाट धोका खानुपर्नेछ, नाता पर्ने व्यक्तिबाट असहयोगको सामना गर्नुपर्नेछ, आम्दानीभन्दा खर्च नै ज्यादा हुने भएकाले सकेसम्म जोगिनु उचित हुनेछ, अनावश्यक रुपमा शत्रु वृद्धि, आफन्तसंग वादविवादमा लाग्नु ठीक हुनेछैन, दिउँसो ३ बजेबाट भने सुधार हुनेछ ।

मकरः आज स्वास्थ्यको हिसाबले राम्रै रहने छ, तर्क वितर्कमा समय खेर फाल्नु उचित छैन, आफ्नै कमी कमजोरी कुन भइरहेका छन् त्यसमा विचार पुर्याउनु, बेलैमा होस पुर्याउन जरुरी छ, आफ्नै कार्यबाट मन सन्तुष्ट हुनेछैन, समग्रमा आजको समय मध्यम खालको रहेकाले नयाँ कार्यमा लगानी नगर्नु नै राम्रो हुनेछ ।

कुम्भः आज पनि समय अत्यन्तै शुभ छ, स्वास्थ्य ठीकठाक रहनेछ । मानसिक प्रशन्नता मिल्ने काममा लगानी गरिनेछ । आम्दानीका नयाँ स्रोत बढ्दै जानेछन्, जुन काम गर्ने विचार गर्नु भएको छ, सक्दो छिटो गर्नुहोस् सजिलैसग पूरा हुनेछन् । आफ्नो बोली वचनको प्रभावले धेरै दिनदेखि रोकिएका कामहरू बन्नेछन् ।

मीनः आज साापटी दिएको धन फिर्ता, विगतको तुलनामा मानसिक शान्ति र आराम मिल्ने छ, कर्मचारी, परिवारका सदस्यबाट राम्रै सहयोग पाइनेछ, समय पूर्ण सुधारतर्फ चलिरहेको छ, रोकिएका प्रायः जसो काम छिटै सम्पन्न हुनेछन्, टाढाको यात्रा पनि सफल हुने देखिन्छ, प्रियतम भेट हुनेछ ।

साइतः आज सूर्य तुला र चन्द्रमा धनु राशिमा छन् । त्यसैले पूर्व बाहेक अन्य दिशाको यात्रा शुभ छैन । आज मंगलबार परेकाले उत्तर दिशाको यात्रा गर्दै नगर्नुहोला । यदि बाध्यता नै छ भने धार्मिक उपाय अपनाएर मात्र यात्रा गर्नुहोला । शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । यदि तपाइँ विशेष यात्रा गर्दै हुनुहुन्छ भने शुभ दिशामा मात्रै गर्नुपर्दछ ।

आजको शुभ लाभादि बेला

बिहान ६ः१६ बजेदेखि         ७ः३९ बजेसम्म          रोग बेला
बिहान ७ः३९ बजेदेखि        ०९ः०१ बजेसम्म         उद्धेग बेला
बिहान ०९ः०१ बजेदेखि         १०ः२४ बजेसम्म        चर बेला
बिहान १०ः२४ बजेदेखि       ११ः४७ बजेसम्म        लाभ बेला
बिहान ११ः४७ बजेदेखि        १ः०९ बजेसम्म        अमृत बेला
दिनमा १ः०९ बजेदेखि         २ः३२ बजेसम्म        काल बेला
दिनमा २ः३२ बजेदेखि         ३ः५५ बजेसम्म        शुभ बेला
दिउँसो ३ः५५ बजेदेखि        ५ः१७ बजेसम्म        रोग बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा ३ः०० देखि ४ः३० बजेसम्म राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ