arrow

घट्यो सुनको मूल्य: चाँदीको स्थिर

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २३ मंगलबार
gold-jewellery.jpg

काठमाडौँ । नेपालको सुनचाँदी बजारमा मङ्गलवार छापावाल सुनको मूल्य प्रतितोला रु २०० ले ओरालो लागेर रु ९२ हजार ३०० तोकिएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तेजाबी सुनको मङ्गलवारको मूल्य प्रतितोला रु ९१ हजार ८०० रहेको छ । यसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो । 

महासङ्घका अनुसार मङ्गलवार चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर छ । चाँदी सोमबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

 अन्तर्राष्ट्रिय बजारमा मङ्गलवार सुन प्रतिऔँसा एक हजार ८२५ डलर आसपासमा कारोबार भइरहेको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ