arrow

टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा भिड्दै इङ्गल्याण्ड र न्यूजिल्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
t20-world-cup-first-semifin.jpg

काठमाडौं । आईसीसी टी–२० विश्वकप विश्वकप क्रिकेट प्रतियोगिताको पहिलो सेमिफाइनल खेल बुधबार हुँदैछ । यूएईको अबुधाबीमा हुने पहिलो सेमिफाइनल खेलमा इङ्गल्याण्ड र न्जूजिल्याण्ड खेल्दैछन् । 

खेल नेपाली समय अनुसार बेलुकी ७ः४५ बजे शुरु हुनेछ । इङ्गल्याण्ड समूह १ को विजेता हुँदै सेमिफाइनलमा पुगेको हो । न्यूजिल्याण्ड समूह २ को उपविजेता हो । 

इङ्गल्याण्ड र न्यूजिल्याण्ड दुवैले ४–४ खेल जितेका थिए । इङ्गल्याण्डले दक्षिण अफ्रिकासँग हार बेहोर्दा अष्ट्रेलिया, वेष्ट इन्डिज, श्रीलंका र बंगलादेशलाई हराएको थियो ।

न्यूजिल्याण्डले पाकिस्तानसँग हार बेहोर्दा भारत, अफगानिस्तान, नामिबिया र स्कटल्याण्डलाई हराएको थियो ।

यो खेलको विजेताले आइतबार हुने फाइनलमा पाकिस्तान र अष्ट्रेलियाबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा बिहीबार पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ