- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा समूह चरणबाटै बाहिरिएको भारतीय टिममा निकै उलटपुलट आएको छ । न्यूजिल्याण्डविरुद्ध आगामी १७ नोभेम्बरदेखि हुने टी–२० क्रिकेट सिरिजका लागि भएको टिम घोषणामा धेरै नै फेरबदल गरिएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्डले टिम घोषणा गरेको हो । नयाँ घोषणाअनुसार रोहित शर्मा कप्तान तोकिएका छन् । उपकप्तानको जिम्मा लोकेश राहुललाई दिइएको छ ।
खेलाडीहरु पनि हेरफेर गरिएको छ । टी–२० विश्वकपमा भारतको कप्तानी सम्हालेका विराट कोहलीले नामिबियाविरुद्धको खेलमा अन्तिम कप्तानी गरेका थिए ।
उनी कप्तानबाट हटेका छन् । उनलाई न्यूजिल्याण्डविरुद्धको टी–२० सिरिजमा आराम दिइएको छ ।
तीन खेलको टी–२० सिरिजका लागि अलराउन्डर हार्दिक पान्डया हुने छैनन् । जसप्रित बुमराह, रविन्द्र जडेजा र मोहम्मद शमीलाई पनि आराम दिइएको छ ।
आईपीएलमा राम्रो खेलेका नयाँ अनुहारलाई मौका दिइएको छ । अलराउण्डर वैंकटेश अथ्यर, तीव्र गतिका बलर आवेश खान र हर्षल पटेललाई पहिलो पटक मौका दिइएको छ ।
यस्तो छ न्यूजिल्याण्डविरुद्ध टी–२० खेल्ने टिम–
रोहित शर्मा (कप्तान), लोकेश राहुल (उपकप्तान), ऋतुराज गायकवाड, श्रेयस अथ्यर, सूर्यकुमार यादव, ऋषभ पन्त, ईशान किशन, वैंकटेश अथ्यर, युजभेन्द्र चहल, रविचन्द्रन अश्विन, आवेश खान, भुवनेश्वर कुमार, दीपक चाहर, अक्षर पटेल, हर्षल पटेल र मोमम्मद सिराज ।
पहिलो टी–२० जयपुरमा नोभेम्बर १७ मा ।
दोस्रो टी–२० राँचीमा नोभेम्बर १९ मा र
तेस्रो टी–२० कोलकातामा नोभेम्बर २१ मा ।
यो टी–२० सिरिजपछि दुई वटा टेष्ट क्रिकेट पनि हुनेछन् । पहिलो टेष्ट २५ नोभेम्बरदेखि कानपुरमा र दोस्रो टेष्ट ३ डिसेम्बरदेखि मुम्बईमा हुनेछ ।
टेष्टको कप्तानी पनि रोहितले सम्हाल्ने अनुमान गरिएको छ । यता भारतीय टिमको मुख्य प्रशिक्षकको कुर्सी राहुल द्रविडले सम्हालेका छन् । रवि शास्त्री विस्थापित भएका छन् ।