arrow

नबिल बैङ्क र सहजबीच सम्झौता, प्रदेश १ का कृषि उद्यमलाई प्रवर्द्धन गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
nabil-saja-mou.jpg

काठमाडौँ। नबिल बैङ्क र सहजबिच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ। आफ्ना ग्राहकहरूलाई गुणस्तरीय र नवीनतम बैङ्किङ सेवा प्रदान गर्ने नेपालको अग्रणी यस बैङ्कले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्रद्वारा कार्यान्वयन गरिएको स्विस एजेन्सी फर डेभलपमेन्ट एण्ड कोअपरेसन (एसडीसी) परियोजना सहजबीच प्रदेश नं. १ मा वित्तीय समावेशीकरण वृद्धि गरी कृषि उद्यम प्रवर्द्धन गर्दै कृषि क्षेत्रको सुदृढीकरण गर्ने उद्देश्यले उक्त सम्झौता गरेको र सोही अनुसार बैक र सहजबीच परियोजना तयार गरिएको छ।

नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत, अनिल केशरी शाह र स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर, सञ्जय कार्कीले एक विशेष समारोहका बीच उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। परियोजनाको सम्बन्धमा बोल्दै नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत शाहले “नबिल बैङ्कले सदैव वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको र कृषि क्षेत्रमा गरिने कर्जा प्रवाहले नेपालको अर्थतन्त्रको दिगो विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

त्यस्तै स्विस कन्ट्याक्ट नेपालका कन्ट्री डाइरेक्टर सञ्जय कार्कीले “जनता र समुदायको जीवनमा सुधार गर्ने दिगो अवसरहरू सिर्जना गर्न एवं त्यसलाई आकार दिन निजी क्षेत्रका संस्थाहरू र सम्बन्धित सरोकारवालाहरूसँग साझेदारीमा स्विस कन्ट्याक्ट नेपाल विश्वास गर्ने बताए।

नबिल बैङ्कले समृद्ध र समावेशी कृषि क्षेत्रको विकास गर्न दिएको प्राथमिकतालाई आत्मसाथ गर्दै स्विसकन्ट्याक्ट नेपालको प्रमुख परियोजना सहजले बैङ्कलाई आफ्नो विद्यमान क्षमतामा सुधार गर्न र प्रदेश १ मा स्थित कृषि व्यवसायलाई नवीन सेवा तथा उत्पादनहरू प्रदान गर्नका लागि वित्तीय र प्राविधिक सहयोग उपलब्ध गराउन नबिल बैङ्कसँग साझेदारी गरेको हो।

यस सम्झौता अन्तर्गत बैङ्कले हाल कृषि व्यवसायीलाई उपलब्ध गराउने कर्जा सुविधा प्रक्रियामा विशेष सुधार गरी प्रदेश १ मा रहेका कृषि उद्यमी-व्यवसायीहरूको वास्तविक आवश्यकता अनुकूल वित्तीय श्रोत र साधनमा पर्याप्त परिवर्तन ल्याउने यस नवीन कार्यमा सहज सँग साझेदारी गर्न पाउँदा नबिल बैङ्क गौरवान्वित छ। 
साथै, बैङ्कको दीर्घकालीन लक्ष्य “समृद्ध र समावेशी कृषि क्षेत्रको विकासमा” प्राप्तिलाई सहज सँगको यस साझेदारीले थप उचाइमा पुर्‍याउनेमा बैङ्क विश्वस्त छ।

देशभर रहेका आफ्ना १३५ वटा शाखा, १८८ एटिएम, ७ एक्सटेन्सन काउन्टर र १५ सय भन्दा बढी नबिल रेमिट एजेन्टहरू सहितको बृहत् सञ्जाल मार्फत बैङ्कले निरन्तर गुणस्तरीय सेवा प्रवाह गरिरहेको छ। ३७ वर्षको अनुभवका साथ दक्ष जनशक्ति र सुरक्षित बैङ्किङ प्रणाली मार्फत बैङ्कका ग्राहकहरूलाई विस्तारित एवं उच्च स्तरीय सेवा प्रदान गर्ने तर्फ बैङ्क लक्षित छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ