arrow

ध्यानमा राख्नुहोस् महात्मा विदुरका यी कुरा, जीवनमा धेरै हुनेछ प्रगति 

logo
विदुर नीति,
प्रकाशित २०७८ कार्तिक २४ बुधबार
vidur-niti1.jpg

महात्मा विदुर धृत राष्ट्रका भाइ थिए। उनका पिता ऋषि वेद व्यास थिए। दासीको गर्भबाट विदुरको जन्म भएको थियो ।यही कारण सबै गुणले सम्पन्न भएर पनि उनलाई राजा बनाइएन । महात्मा विदुर तीक्ष्ण बुद्धिका धनी थिए। सो समयका उनी विद्वान व्यक्ति थिए । त्यस बेला उनले धर्म, राजनीति, समाज आदि विभिन्न विषयमा खुलेर आफ्नो विचार व्यक्त गरेका थिए । यही विशेषताका कारण महात्मा विदुर हस्तिनापुरको महामन्त्री बनेका थिए । उनीहरूले दिएको शिक्षा आजको समयमा पनि सान्दर्भिक छ । विदुर र धृत राष्ट्र बिचको वार्तालापलाई विदुर नीति भनिन्छ। यहाँ हामी महात्मा विदुरले भनेका ती कुराहरू राखेका छौ  जसलाई व्यवहारमा लागू गर्नाले मानिसको जीवनमा धेरै प्रगति हुनेछ । यसले उसको जीवन सफल बनाउन सहयोग गर्ने छ।

महात्मा विदुरका अनुसार हामीले सधैँ मीठो बोल्नुपर्छ। मिठो बोल्ने मानिसको सर्वत्र इज्जत हुन्छ, उसले धेरै इज्जत,मान सम्मान र प्रतिष्ठा पाउँछ । कठोर र ईर्ष्यालु बोल्ने व्यक्तिलाई कसैले सोध्दैन भन्ने उनको विश्वास थियो । 

महात्मा विदुरका अनुसार साथीभाइसँग मेलमिलापमा बस्नुपर्दछ । उनका अनुसार स्वार्थ बिना टिक्ने सम्बन्ध मित्रता मात्र हो । विदुर नीतिमा, उनी भन्छन्  हामीले सधैँ आफ्ना साथीहरूलाई कठिन समयमा मद्दत गर्नुपर्छ।

महात्मा विदुरले भोजनको सम्बन्धमा पनि धेरै कुरा बताएका छन् । उनका अनुसार सजिलै पचाउन सकिने खालको भोजन ग्रहण गर्नुपर्छ । चाँडै नपच्ने खानेकुराले शरीरमा धेरै गम्भीर रोग निम्त्याउँछ। यस्तो अवस्थामा हामीले सधैँ सादा खाना खानुपर्छ ।

महात्मा विदुरका अनुसार व्यक्तिले सफलतामा टिकी रहनको लागि मर्यादामा रहन अति आवश्यक छ। सफलतामा पुग्नु एउटा कुरा हो र सफलतामा अडी रहनु अर्को कुरा हो । विदुरका अनुसार एक मर्यादित आचरण भएको व्यक्ति मात्र सफलतामा पुग्न सक्छ र लामो समयसम्म त्यसमा टिकी रहन सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ