arrow

न्यूजिल्याण्ड टी–२० विश्वकप क्रिकेटको फाइनलमा, इङ्गल्याण्डसँग लियो बदला

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
t20-world-cup-semifinal.jpg

काठमाडौं । न्यूजिल्याण्ड पहिलो पटक आईसीसी टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति यूएईको अबुधाबीमा भएको पहिलो सेमिफाइनलमा इङ्गल्याण्डलाई ५ विकेटले हराउँदै न्यूजिल्याण्ड पहिलो पटक फाइनलमा पुगेको हो । 

योसँगै न्यूजिल्याण्ड आईसीसी प्रतियोगितामा लगातार तेस्रो पटक फाइनलमा पुग्न सफल भएको छ । यसअघि सन् २०१९ मा एक दिवसीय विश्वकपको फाइनल र यसै वर्ष भएको आईसीसी टेष्ट च्याम्पियनशिपको फाइनलमा पुगेको हो । भारतलाई हराएर टेष्टको उपाधि जित्दा एक दिवसीय विश्वकपको फाइनलमा भने इङ्गल्याण्डसँग पराजित भएको थियो । त्यसको समेत अहिले बदला लिएको छ । 

टी–२० सेमिफाइनलमा न्यूजिल्याण्डको इनिङ्स
१६७ रनको लक्ष्य न्यूजिल्याण्डले ६ बल अगाडि नै १९ ओभरमा ५ विकेटको नोक्सानीमा पूरा गरेको हो । 

न्यूजिल्याण्डका लागि डेरिल मिसेलले नटआउट रहँदै ४७ बलमा ७२ रन बनाए । त्यस्तै डेभोन कोन्वेले ३८ बलमा ४६ तथा जेम्स निशामले ११ बलमा २७ रन बनाए । 

इङ्गल्याण्डका क्रिस वोक्स र  लियाम लिभिङस्टोनले समान २ विकेट लिए । 

इङ्गल्याण्डको इनिङ्स
यसअघि न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ४ विकेटको नोक्सानीमा १६६ रन बनायो । 

मोइन अलीले ३७ बलमा नटआउट रहँदै ५१ रन जोडे । डेविड मालानले ३० बलमा ४१ रन बनाए । जोस बटलरले २४ बलमा २९ तथा  लियाम लिभिङस्टोनले १० बलमा १७ रन जोडे । 

न्युजिल्याण्डका टिम साउथी, एडम मिल्नी, इश सोढी र जेम्स नासमले समान १–१ विकेट लिए ।

अबको खेल
दोस्रो सेमिफाइनलमा बिहीबार बेलुकी पाकिस्तान र अष्ट्रेलिया खेल्दैछन् । खेल दुबईमा ७ः४५ बजे शुरु हुनेछ । यो खेलको विजेताले आगामी आइतबार उपाधिका लागि फाइनलमा न्यूजिल्याण्डसँग खेल्नेछ । 

उपाधिका लागि न्युजिल्याण्डले अष्ट्रेलिया र पाकिस्तानबीचको विजेतासँग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ