arrow

आयल निगमले बढायो पेट्रोलियम पदार्थको भाउ, खाना पकाउने ग्यासमा बढ्यो ७५ रुपैयाँ  

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
nepal-oil-corporation.jpg.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिले बुधबार रातिदेखि लागू हुने गरी बढाएको पेट्रोलियम पदार्थ अन्तर्गत खाना पकाउने ग्यासको मूल्य एकै पटक ७५ रुपैयाँ बढाइएको छ । 

यससँगै एक सिलिण्डरका लागि अब  १ हजार ५७५ रुपैयाँ तिर्नुपर्ने भएको छ । त्यस्तै पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ बढाइएको छ ।

मूल्य बढेसँगै पेट्रोलको भाउ प्रतिलिटर १३६ रुपैयाँ पुगेको छ भने डिजेल र मटिट्तेलको मूल्य प्रतिलिटर ११९ रुपैयाँ पुगेको छ ।हवाई इन्धनको पनि मूल्य प्रतिलिटर ५ रुपैयाँ बढेको छ ।

अब आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर १०१ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८९५ अमेरिकी डलर पुगेको छ ।

यसअघि सरकारले ग्यासमा २५ तथा पेट्रोल, डिजेल र मट्टितेलमा समान ३ रुपैयाँ बढाएको थियो । 

मूल्य बढाउँदा समेत घाटामा रहेको निगमले जनाएको छ । अन्तर्राष्ट्रिउ बजारमा निरन्तर भाउ बढाए पनि नेपालमा भने त्यो किसिमले भाउ नबढेको उसले बताएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ